मंगलबार , बैसाख २३, २०८२

नेपाली काँग्रेसको लुम्बिनी प्रदेश समितिमा एक उपसभापति बाहेक संस्थापन इतर समूहका अमरसिंह पुन समूहको प्यानल नै विजयी भएको छ। शुरुदेखि नै पुन समूहले अग्रता लिए पनि अन्तिम समयमा पुन समूहका उपसभापति अष्टभुजा पाठक झिनो मतले पछाडि परेका थिए। पदाधिकारीमा उपसभापतिका उम्मेदवार पाठक बाहेकमा अमरसिंह पुनको प्यानल विजयी भएको छ।

सभापतिमा पुनले ८५२ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी भरतकुमार शाहले ७६७ मत ल्याएका छन्। पुन ८५ मतले उछिन्दै कांग्रेस लुम्बिनीको बागडोर सम्हाल्ने मौका पाएका हुन्। रुपन्देहीबाट चुनावी मैदानमा उत्रिएका शाह र पाठकले पराजय भोगेका छन्। शाह संघीय संसदको सार्वजनिक लेखा समिति सभापति हुन्। उनलाई गृहमन्त्री बालकृष्ण खाँण, पुर्व गृह राज्यमन्त्री देवेन्द्र राज कणेलले समर्थन गरेका थिए। पुन समूहलाई केन्द्रिय सदस्य चन्द्र भण्डारी, दिपक गिरी लगायतले समर्थन गरेका थिए।

उपसभापतिमा पुन समूहका भुवनप्रसाद श्रेष्ठ र शाह समूहका राजु खनाल निर्वाचित भएका छन्। श्रेष्ठले ८४७ मत प्राप्त गरेका छन भने खनालले ७९२ मत प्राप्त गरेका छन्। पाठकले ७७२ मत पाएका छन्। उनी २० मतले पराजय भोगेका छन्।

महामन्त्रीमा पनि पुन समूहकै बिक्रम खनाल र सुरेन्द्रराज आर्चाय निर्वाचित भएका छन्। खनालले ८४४ र आर्चायले ८३९ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन समितिका सदस्य अब्दुल रहमानले जानकारी दिए।

त्यसैगरी सहमहामन्त्रीमा बिष्णु खनाल मुस्कान र खगराज पाण्डेय विजयी भएका छन्। खनालले सर्वाधिक ८६९ मत प्राप्त गरेका छन् भने पाण्डेयले ७७६ मत प्राप्त गरेका छन्।

महिला सहमहामन्त्रीमा निमा गिरी विजयी भएकी छन्। उनले ८३० मत प्राप्त गरेकी छन्। १४औं महाधिवेशन अन्तर्गत भएको प्रदेश अधिवेशनमा कूल १ हजार ६३१ मत खसेको थियो। शनिबार भैरहवामाको महेन्द्र सभागृह मतदान भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP