मंगलबार , बैसाख २९, २०८३

सिड्नी, अष्ट्रेलिया
नेपालको रुपन्देही जिल्लाबाट अष्ट्रेलिया आइ बसेका नेपालीहरु को साझा संस्था रुपन्देही सामाजिक संजालको तेस्रो अधिबेशन डिसेम्बर ५ का दिन सिड्नीमा सम्पन्न भएको छ । अधिबेशनले आउने कार्यकाल ( २०२२ -२०२४) का लागि मुक्ति राम पोख्रेलको अध्यक्षतामा २८ सदस्यीय नयाँ कार्यसमितीको चयन गरेको छ ।
अधिबेशनले संस्थाको वरिष्ठ उपाध्यक्षमा शुशील नेपाल, उपाध्यक्षमा रोशन कोईराला, दिवाकर काफ़्ले, महासचिवमा रंजिता अधिकारी भण्डारी, सचिवमा रवि केसी र कोषाध्यक्षमा बिप्लब सापकोटालाई चयन गरेको छ। अधिबेशनले कला तथा साहित्य संयोजकमा सुचना पाण्डे र सह-संयोजकमा प्रदीप खनाल, जन-सम्पर्क अधिकृतमा सुरज खत्री, प्रोजेक्ट संयोजकमा राजन खड्का, आइटी कन्सलट्यान्टमा सरोज पाण्डे, खेलकुद संयोजकमा सरोज पाठक र सह-संयोजकमा दिल खड़का, महिला संयोजकमा सृजना खड़का गैरे र सह-संयोजकमा ग्रीष्मा पाण्डेलाई मनोनयन गरेको छ । त्यस्तै सदस्यहरुमा पदम अधिकारी, मनोज सिलवाल, प्रदीप पन्थी, गायत्री पाठक पौडेल, बासु खरेल, भुवन रेग्मी, कमल अर्याल, नारायण भण्डारी, आनन्द अधिकारी, सपना गुरुङ, होम उपाध्याय र आशिष घिमिरे निर्बाचित भएका छन्।

संस्थाका निवर्तमान अध्यक्ष ईश्वर पोख्रेलको अध्यक्षता सम्पन्न तेस्रो अधिबेशनमा प्रमुख अतिथिको रुपमा एनआरएन अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ र बिशेष अतिथि एनआरएनए आइसिसीका उपाध्यक्ष मन केसी उपस्थित हुनुहुन्थ्यो । यसै गरि अतिथिहरु मा एनआरएनएकी केन्द्रिय सल्लाहकार इन्द्र बन, एनएएका अध्यक्ष एबं फेन्का अष्ट्रेलियाका महासचिव डा. मधु पुडासैनी, गुल्मी समाज अष्ट्रेलियाका अध्यक्ष भीम खरेल, एनआरएनए ओशेनिया क्षेत्रका पूर्व संयोजक धर्मराज अधिकारी, अनेसास न्युसाउथवेल्स अध्यक्ष ममता तिवारी, एनआरएनए अष्ट्रेलिया, न्यु साउथ वेल्सकी सहसंयोजक सुकृति भट्ट, समुदायका अग्रजहरु डा. नारायण प्रधान,युवराज भट्टराई, संस्थाका पुर्ब अध्यक्षहरु राज खनाल, कृष्ण गैरे, नेपाली समुदायका बिभिन्न संस्थाका प्रतिनिधित्व गर्दै शिशिर नेपाल, अध्यक्ष अरुण गौतम, मेघराज पौडेल, बिष्णु हमाल, शिव पौडेल, मीन भुषाल, सागर अधिकारी, डिला खरेल, भीमसेन सापकोटा लगायतका व्यक्तिहरु उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन महासचिव दिवाकर काफ़्लेले गरेका थिए भने संस्थालाई शुभकामना दिदै भीमसेन सापकोटा, इंद्रा बन, अरुण गौतम, मेघराज पौडेल, इंद्रा बन, सुकृति भट्ट, बिष्णु हमाल, डा. मधु पुडासैनी, राज खनाल, धर्मराज अधिकारी, शिशिर नेपाल, मन केसी र प्रमुख अतिथि नन्द गुरुङ लगायतले समाजको उत्तरोत्तर प्रगतिको शुभकामना र रुपन्देही सामाजिक संजालले बिगतमा गरेका सामाजिक एबं परोपकारी कार्यको प्रशंसा गरेका थिए ।
बिभिन्न संस्कृतिक प्रस्तुति सहित सम्पन्न उक्त कार्यक्रमको समापन संगै द नेपाली टाईम्स अष्ट्रेलिया संग कुरा गर्दै नव निर्बाचित अध्यक्षता मुक्ति राम पोख्रेलले संस्थाले दिएको यो जिम्मेवारी आफुले उच्च सम्मानका साथ पुरा गर्ने र संस्थाले बिगतमा गर्दै आएका कार्यहरु लाई निरन्तरता दिदै सबै संग हातेमालो गर्दै अगाडी बढ्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP