सोमबार , भाद्र १५, २०८३

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दाबी गरेका हुन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने आश्वासन समेत दिए ।

अध्यक्ष ओलीले सम्पदाहरूको पुनर्निर्माण, राजमार्गलगायतका पूर्वाधारको निर्माण कार्य देख्न नसक्नेहरुले आफूलाई सरकारबाट हटाएको पनि दोहोर्याए । उनले अब मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने बताए । अध्यक्ष ओलीले मुलुक निर्माण गर्ने साझा उद्देश्य प्राप्तिका लागि आफ्नो पार्टीमा आउन अन्य पार्टीका कार्यकर्ताहरूलाई आह्वान समेत गरे ।

उनले भने, ‘चुनाव हुन अब बेस्सरी ढिला भयो भने एक वर्ष हो । एक वर्षमा चुनाव हुनैपर्छ । एक वर्षमा चुनाव भएपछि मैले भनिरहनु पर्ला जस्तो लाग्दैन–अब कसैको सरकार बन्छ ? देशमा । त्यसो भएर एक वर्ष पर्खनुपर्ने हो । त्यसपछि हामी पुनर्निर्माण र नव निर्माणको कामहरु अगाडि बढाउँछौँ । र देशलाई समृद्धिको बाटोमा लान्छौं ।’

अध्यक्ष ओलीले आफूले सरकारमा रहेर केही काम गर्न नटबोल्ट जोड्ने काम गरेपनि अरु कसैले फुस्काई दिएको उल्लेख गर्दै अव त्यस्तो नहुने गरी नेपाली जनताले आफ्नो पार्टीलाई मत दिनुपर्ने बताए ।

उनले भने, ‘अब बन्ने सरकार हिजोजस्तो यसलाई तानेर, उसलाई तानेर, जोडेर, योसँग सहकार्य गरेर, यसको बैसाखी टेकेर, यसलाई मिलाएर, उसलाई मिलाएर गर्याे भने तिनीहरुले आफ्नो खुट्टा त खुस्किदैन नि । नटबोल्ट लगाएको खुट्टा त नटबोल्ट खुस्काई दिन्छ । खुस्की हाल्छ । मैले अलि केही काम गर्नका लागि नटबोल्ट जोडेको थिए । कसले कसले खुस्काई दियो । खुस्केका खुट्टा गए । मेहनत गरेर जोडियो । धराहरा बनेपछि तिनको छाति पोल्यो । छातीमा आगो बल्यो । तिनको दिमाग भत्भती पोल्यो । उनीहरु रानीपोखरी बनेको देखेपछि, ऐतिहासिक सम्पदाहरु फेरि उठेको देखेपछि आत्तिए । एमालेले समृद्धिको अभियान अघि बढाउँछ । एमालेमा आउनुहोस् । देश निर्माण गरौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP