सोमबार , भाद्र १५, २०८३

सत्तारुढ गठबन्धनको महत्वपूर्ण दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग एमसीसी र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोगबारे दलहरुबीच राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् ।

शनिबार चितवनमा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले महाअभियोग र एमसीसी अगाडि बढाउने वा नबढाउने भन्ने विषयमा राष्ट्रिय सहमति र दलहरुबीच सहमति हुनुपर्ने बताए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध भइरहेको आन्दोलनकाबीच शुक्रबार माओवादीकै सांसद रामनारायण विडारीले महाअभियोगको तयारी भइरहेको बताएका थिए । तर, शनिबार प्रचण्डले दलहरुबीच सहमति नभई अगाडि नबढ्ने बताएका हुन् । उनले कसैले जबरजस्ती एमसीसी र महाअभियोगलाई अगाडि नबढाउने बताए

यही मंसिर २८ गतेका लागि बोलाइएको संसद अधिवेशनमा कसैले एमसीसी र महाअभियोगका लागि बोलाइएको अनुमान गरे पनि त्यस्तो केही नहुने बताए । उनले संसदको नियमित हिउँदे अधिवेशन बोलाइएको स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP