मंगलबार , अषोज २७, २०८३

पाकिस्तानको पन्जाब प्रान्तस्थित सियलाकोटमा ईशनिन्दाको आरोपमा एक कम्पनीका म्यानेजरलाई कुटपिट गरेर हत्या गरिएको छ । त्यसपछि उनको शवलाई सडकमा ल्याएर जलाइएको छ ।

मारिने व्यक्ति श्रीलंकाका हुन् । यस घटनालाई प्रधानमन्त्री इमरान खानले पाकिस्तानका लागि ‘शर्मनाक दिन’ भन्दै घटनाको अनुसन्धानलाई आफैंले हेरिरहेको बताएका छन् । उनले घटनामा जोसुकै जिम्मेदार भए पनि उसलाई सजायँ दिने प्रतिबद्धता पनि जनाएका छन् ।

यस घटनापछि सामाजिक सन्जालमा पाकिस्तान सरकारको तीव्र विरोध भइरहेको छ । पाकिस्तानकी चर्चित अभिनेत्री माहिरा खानले पनि ट्वीटरमा प्रधानमन्त्री इमरान खानलाई ट्याग गर्दै लेखेकी छन्, ‘यो लज्जास्पद छ । म निकै दुःखी छु । इमरान खान, हामी जवाफका लागि तपाईंलाई हेरिरहेका छौं । न्यायका लागि तपाईंलाई हेरिरहेका छौं । ताकि हाम्रो समाजमा यस्ता नराम्रा घटना अन्त होउन् ।’

पाकिस्तानको उलेमा काउन्सीलले पनि यसलाई बर्बर घटना भन्दै त्यसको निन्दा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP