सोमबार , बैसाख ८, २०८२

पाकिस्तानको पन्जाब प्रान्तस्थित सियलाकोटमा ईशनिन्दाको आरोपमा एक कम्पनीका म्यानेजरलाई कुटपिट गरेर हत्या गरिएको छ । त्यसपछि उनको शवलाई सडकमा ल्याएर जलाइएको छ ।

मारिने व्यक्ति श्रीलंकाका हुन् । यस घटनालाई प्रधानमन्त्री इमरान खानले पाकिस्तानका लागि ‘शर्मनाक दिन’ भन्दै घटनाको अनुसन्धानलाई आफैंले हेरिरहेको बताएका छन् । उनले घटनामा जोसुकै जिम्मेदार भए पनि उसलाई सजायँ दिने प्रतिबद्धता पनि जनाएका छन् ।

यस घटनापछि सामाजिक सन्जालमा पाकिस्तान सरकारको तीव्र विरोध भइरहेको छ । पाकिस्तानकी चर्चित अभिनेत्री माहिरा खानले पनि ट्वीटरमा प्रधानमन्त्री इमरान खानलाई ट्याग गर्दै लेखेकी छन्, ‘यो लज्जास्पद छ । म निकै दुःखी छु । इमरान खान, हामी जवाफका लागि तपाईंलाई हेरिरहेका छौं । न्यायका लागि तपाईंलाई हेरिरहेका छौं । ताकि हाम्रो समाजमा यस्ता नराम्रा घटना अन्त होउन् ।’

पाकिस्तानको उलेमा काउन्सीलले पनि यसलाई बर्बर घटना भन्दै त्यसको निन्दा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP