बुधबार , जेठ ८, २०८२

टिकटकले प्रयोगकर्ताको सिर्जनालाई सम्बोधन गर्दै फलोअरहरूले दिने गिफ्टका लागि नयाँ फिचर सार्वजनिक गरेको छ ।

‘क्रियटर नेक्स्ट’ नाम दिइएको यो फिचर अन्तर्गत टिकटकले कम्पनीबाट आफूलाई मनपर्ने क्रिएटरलाई गिफ्टमार्फत अथवा सिधै पैसा पठाउन मिल्ने सुविधा दिएकाे छ ।

टिकटकले सार्वजनिक गरेको सूचना अनुसार क्रियटर नेक्स्टको साथमा कम्पनीले ‘टिप्स’ फिचर पनि सार्वजनिक गरेकाे छ ।

जसरी प्रयोगकर्ताले इन्स्टाग्राम, फेसबुक, युट्युव तथा स्न्यापच्याटबाट पैसा कमाइरहेका छन्, त्यसरी नै टिकटकबाट पनि अब सिधै पैसा पाउन सकिनेछ ।

तर फलोअरहरूले आफ्नो कन्टेन्ट मन पराएर त्यसलाई प्रोत्साहन गरेको रुपमा पैसा कमाउन सकिनेछ । गत अक्टोबर महिनादेखि कम्पनीले यो ‘टिप्स’ फिचरलाई परीक्षण गरिरहेको थियो ।

कम्पनीका अनुसार टिकटकको प्रोफाइल पेजमा गएर सेटिङ अप्सनमा हेर्दा ‘टिप्स’ नामक अप्सन देखाइनेछ । जसअन्तर्गत फलोअरहरूले क्रिएटरलाई सोझै पैसा पठाउन सक्छन् ।

यसरी पठाइएको टिपमा टिकटकले आफ्नो कमिसन नलिने बताइएको छ । यसरी पठाएको पैसा सिधै सम्बन्धित व्यक्तिको खातामा आउनेछ ।

१८ वर्षभन्दा माथि र एक लाखभन्दा बढी फलोअर भएका कन्टेन्ट क्रियटरलाई मात्रै यो फिचर उपलब्ध हुनेछ । यस्तै टिकटकले लाइभमा दिइने गिफ्टको फिचरलाई पनि केही परिवर्तन गरेको छ ।

यसअन्तर्गत प्रयोगकर्ताले लाइभमा गिफ्टको रुपमा अब डायमण्ड पनि दिन सक्छन्, जसलाई साटेर पैसा निकाल्न मिल्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP