मंगलबार , बैसाख २९, २०८३

सबैलाई थाहा भएकै कुरा हो दिनमा ८ देखि ९ गिलास पिउनुपर्छ । पानीले शरीरमा भएको विषालु पदार्थहरूलाई बाहिर फाल्ने काम गर्छ । नियमित भरपुर पानी पिउँदा विभिन्न प्रकारका रोगबाट पनि बच्न सकिन्छ ।

तर पानी पिउने सही तरिका हुन्छ । जतिबेला मन लाग्यो त्यतिबेला टन्न पानी पिएर मात्र शरीरलाई स्वस्थ बनाउन सकिदैन । पानी पिउँदा सही तरिका अपनाउनुपर्छ ।

पानी पिउने सही तरिका के हो ? कुन समयमा पानी पिउदा कस्तो फाइदा ?

दाँत ब्रस गर्नुभन्दा पहिले खाली पेटमा २ गिलास पानी पिउनुपर्छ । त्यसपछि ब्रस गरिसकेपछि ४५ मिनेटपछि पानी पिउनुपर्छ । त्यसपछि सामान्य खाना खान सकिन्छ ।

पानी पिउँदा विस्तारै एक–एक घुट्की गर्दै पिउनुपर्छ । त्यसले भित्री अंगहरुलाई सक्रिय गराउँछ । गर्मीको मौसममा पनि बीच–बीचमा पानी पिउनुपर्छ ।

पानी पिउँदा बसेर पानी पिउनुपर्छ । पानी पिउँदा कहिल्यै पनि उभिएर पानी पिउनुहुँदैन । यसले घुँडा दुख्ने समस्या पैदा गर्छ ।

व्यायाम गरेपछि र गर्नुभन्दा ३० मिनेट पहिले एक गिलास पानी पिउनुपर्छ । पानीले मेटाबोलिज्म तीव्र हुन्छ र व्यायाम गर्न सजिलो हुन्छ ।

खाना खानेवित्तिकै पानी पिउनु हुँदैन । यसले पाचन प्रक्रियामा असर गर्छ । खाना खानुअघि आधा घण्टा पहिले मात्रै पानी पिउनुपर्छ । पानीले राम्रोसँग खाना खान मन लाग्दैन ।

भोक लाग्दा पानी पिउने हैन । तिर्खा लाग्दा मात्रै पानी पिउनुपर्छ । भोक लागेको समयमा खाना खानुपर्छ । पानी पिउदा भोक हराउँछ र खाना खान मन लाग्दैन ।

तातो खाना, काक्रो, तरबुजा, खरबुजा, मसलादार खाना, चिल्लो खाना, बदाम, तातो दूध, चिया, घामबाट हिँडेर आउनेवित्तिकै पानी पिउनु शरीरका लागि हानिकारक हुन्छ । यस्तै, व्यायाम गर्नेवित्तिकै पनि पानी पिउनु हुदैन ।

यसैगरी, बिहान पानी पिउँदा टाउको दुखाई, मिर्गौलाको समस्या, मुटुको रोग, पाचन प्रक्रियामा सन्तुलन, कब्जियत जस्ता थुप्रै समस्याहरु समाधान हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP