बुधबार , बैसाख २४, २०८२

राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा अनुभूत हुने गरी संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयनमार्फत शिक्षा, स्वास्थ्य, रोजगारीलगायत राज्यबाट प्रदान गरिने सार्वजनिक सेवा, सुविधा र अवसरमा समान पहुँच स्थापित गर्न जोड दिएकी छन् ।

अपाङ्गता भएका व्यक्तिहरूको ३०औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले अन्य नागरिकसरह राज्यका निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्न नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको स्मरण गराइन् ।

संवैधानिक प्रावधानको कार्यान्वयनका लागि नेपाल सरकारले आवश्यक कानुन तथा नियमावलीको समेत तर्जुमा गरिसकेको छ । राष्ट्रपतिको सन्देशमा विद्यमान कानुन र नीतिको कार्यान्वयनका लागि राज्यले आफ्नो क्षमता विकास गर्न आग्रह गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवद्र्धन तथा उनीहरूको समावेशीकरण र सशक्तीकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ लाई ‘ अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस’का रूपमा विश्वभर मनाउने गरिएको छ ।

यस वर्ष ‘समावेशी, सुलभ र दिगो कोभिड–१९ पछिको विश्वतर्फ अपाङ्गता भएका व्यक्तिको नेतृत्व र सहभागिता’ भन्ने नारासहित विश्वभर यो दिवस मनाइँदैछ । नेपालमा पनि ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन लागिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP