मंगलबार , भाद्र १६, २०८३

एजेन्सी– भारतको ओडिसामा एउटा अनौठो घटना भएको छ । ओडिसाको गंजाम जिल्लामा अन्तिम संस्कारका लागि लगिएको मुर्दा अचानक उठेर चितामा बसेको यो घटना अहिले भारतमा निकै चर्चामा आएको छ ।

शवलाई जलाउन गएकाहरु चाहिँ मुर्दा अचानक चलमलाउन थालेपछि भूत भन्दै डराएर भागेका थिए । तर, तत्काल त्यहाँ भएका कसैले एक चिकित्सकलाई खबर गरे । उनीहरुले मृत भनिएका ती व्यक्ति सीमान्चक मलिकलाई अस्पतालमा पुर्याए । अहिले ती व्यक्तिको स्वास्थ्य स्थीर भएको त्यहाँका चिकित्सकले भारतीय मिडियालाई बताएका छन् ।

शनिबार जंगलमा बाख्रा चराउन गएका मलिक आइतबारसम्म घर नआएपछि खोज्न गएका व्यक्तिहरुले उनी मृत भएको भन्दै घाटमा पुर्याएका थिए । उनलाई ज्वरो आएका कारण उनी बेहोस भएको चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP