
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको जारी महाधिवेशनबाट अध्यक्ष पदका उमेदवार राजेन्द्र लिङ्देनले आफ्नो प्यानल बनाएका छन् ।
उनको प्यानलबाट उपाध्यक्षमा पार्टीका पूर्व उपाध्यक्ष दिलविकास राजभण्डारी, पूर्व मन्त्री तथा पूर्व उपाध्यक्ष विक्रम पाण्डे र सर्लाहीका नेता रामचन्द्र राय उपाध्यक्ष लड्ने भएका छन् । लिङ्देन निकट एक नेताकाअनुसार महिला उपाध्यक्षमा संविधान सभा सदस्य लिला श्रेष्ठ निर्वाचन लड्ने भएकी छिन् ।
यस्तै लिङ्देनको प्यानलबाट महामन्त्रीमा पूर्व महामन्त्री तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले निर्वाचन लडने भएका छन् । यस्तै पूर्व महामन्त्री श्याम तिमलसिना पनि महामन्त्रीको उमेदवार बन्ने भएका छन् ।
स्रोतकाअनुसार लिङ्देनको समूहबाट नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापा पनि महामन्त्री लड्ने भएकी छिन् । उनी २०७२ सालदेखि राप्रपामा सक्रिय छिन् ।