सोमबार , भाद्र १५, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको जारी महाधिवेशनबाट अध्यक्ष पदका उमेदवार राजेन्द्र लिङ्देनले आफ्नो प्यानल बनाएका छन् ।

उनको प्यानलबाट उपाध्यक्षमा पार्टीका पूर्व उपाध्यक्ष दिलविकास राजभण्डारी, पूर्व मन्त्री तथा पूर्व उपाध्यक्ष विक्रम पाण्डे र सर्लाहीका नेता रामचन्द्र राय उपाध्यक्ष लड्ने भएका छन् । लिङ्देन निकट एक नेताकाअनुसार महिला उपाध्यक्षमा संविधान सभा सदस्य लिला श्रेष्ठ निर्वाचन लड्ने भएकी छिन् ।

यस्तै लिङ्देनको प्यानलबाट महामन्त्रीमा पूर्व महामन्त्री तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले निर्वाचन लडने भएका छन् । यस्तै पूर्व महामन्त्री श्याम तिमलसिना पनि महामन्त्रीको उमेदवार बन्ने भएका छन् ।

स्रोतकाअनुसार लिङ्देनको समूहबाट नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापा पनि महामन्त्री लड्ने भएकी छिन् । उनी २०७२ सालदेखि राप्रपामा सक्रिय छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP