आइतबार , बैसाख ७, २०८२

भारतको स्वास्थ्य मन्त्रालयले बिहीबार दुई जनामा ओमिक्रोन भेरिन्टको संक्रमण देखिएको जनाएको छ। भारतमा पहिलो पटक ओमिक्रोनको संक्रमण देखिएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार कर्नाटकमा संक्रमण पुष्टि भएको छ। ओमिक्रोन भेरियन्टको संक्रमण देखिएकामध्ये एक जना ६६ वर्षीय र अर्को ४६ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सचिव राजेश भुषणले जानकारी दिएका छन्।

उनीहरूका विषयमा धेरै जानकारी सार्वजनिक गरिएको छैन। दुवै जनाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको स्वास्थ्य सचिव भुषणले बताए।

दुई जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएपछि कर्नाटकमा स्वास्थ्य सतर्कता बढाइएको छ। कर्नाटकसँग जोडिएका राज्यमा पनि स्वास्थ्य मापदण्डमा कडाइ गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार यसअघि १२ देशमा ओमिक्रोनको संक्रमण देखिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP