
नेपाल थप ३१५ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ११ हजार ४०३ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पसीआर परीक्षणबाट २९८ र एन्टिजेन परीक्षणबाट १७ जना संक्रमित देखिएका थिए। त्यस्तै पछिल्लो २४ घन्टामा २०१ जना संक्रमित कोरोनामुक्त भएका छन्। त्यस्तै थप ६ जना संक्रमितको मृत्यु भएको छ।
हालः सक्रिय संक्रमितको संख्या ६ हजार ४५ रहेको मन्त्रालयले जनाएको छ।