बुधबार , जेठ ८, २०८२

महिनावारी हुनु अघि र भएपछिका केही निश्चित दिनमा यौन सम्पर्क गर्नाले गर्भ रहँदैन भन्ने पुरानो मान्यता छ । जसलाई अहिलेका आधुनिक अनुसन्धानले समेत पुष्टि गरेको छ । त्यसैले विज्ञहरुले परिवार नियोजनको एउटा विकल्प अर्थात ‘सेफ सेक्स पिरियड’ भनेर मानेका पनि छन् ।
आज हामीले त्यहि कुरामा चर्चा गर्दैछौँ, कुन दिनको सेक्स सुरक्षीत हुन्छ ?

१. महिनावारी भएको पहिलो सात दिन  : महिनावारी भएको पहिलो सात दिन सुरक्षीत पिरियड हो तर यो बेला महिला शारीरिक र मानसिक रुपले पनि यौनसम्पर्क गर्नु राम्रो मानिदैन् । त्यसैले यो बेलामा यौनसम्पर्क नगरेको राम्रो ।

२. महिनावारी पछि आठौँ, नवौँ र दशौँ दिन  : यी दिनमा साधनविना गरिने सेक्स तुलनात्मक रुपमा सुरक्षित मानिन्छ  । अनुसन्धानकर्ताहरुले यी दिनमा गरिने यौनसम्पर्कका बेला गर्भरहने सम्भावना कम अर्थात ४० देखि ६० प्रतिशत मात्रै रहने बताउने गरेका छन् ।

३. महिनावारी भएको ११ देखि १६ दिन :  साधनविना गरिने यो बेलाको यौनसम्पर्कले गर्भरहने सम्भावना अत्यधिक हुन्छ । विज्ञहरुले डिम्व बाहिर आएर बस्ने भएकोले यो बेलामा हुने साधनबिनाको यौनसम्पर्कले गर्भरहने सम्भावना ८० प्रतिशत सम्म रहने बताउछन् ।

४.  १७ देखि १९ दिन  : साधनविना गरिने यौनसम्पर्कमा गर्भरहने सम्भावना कम त रहन्छ तर ढुक्कै चाहि हुँदैन । विज्ञहरुले यसबेला पनि गर्भरहने सम्भावना ४० देखि ६० प्रतिशत रहने बताउछन् ।

५ . २० देखी महिनावारी नहुँदासम्मको दिन :  यसबेला साधनविना गरिने यौनसम्पर्कले अरु बेलाको तुलनामा सबैभन्दा सुरक्षित मानिन्छ । अर्थात विज्ञहरुले यतिवेला साधनविना गरिने यौनसम्पर्कले गर्भरहने सम्भावना सून्य देखि ५ प्रतिशत मात्रै रहन्छ ।

नोट : विभिन्न अनुसन्धानले सुरक्षित र असुरक्षित समय र दिन तोके पनि सबैमा यो लागू हुन्छ भन्ने छैन् । सून्य देखि ५ प्रतिशत सम्भावना जहिले पनि रहन्छ । त्यसैले परिवार नियोजनको भरपर्दो साधन अपनाउनु सबैभन्दा भरपर्दो हुन्छ । अर्कोकुरा सेफ सेक्स भनेको गर्भ नरहने समयलाई संकेत गरिएको हो । यसले एचआइभी एड्स तथा अन्य यौनरोगको सम्भावनालाई रोक्न सक्दैन् ।

  • एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP