मंगलबार , अषोज २७, २०८३

भ्रमण वा रोजगारीको सिलसिलामा विदेश जाँदै हुनुहुन्छ ? योजना मिलाउँदै हुनुहुन्छ भने यो समय अनुकूल नहुन सक्छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ २२ भन्दा बढी मुलुकमा फैलिसकेको छ । डेल्टा भेरियन्टको संक्रमणबाट त्राण नपाउँदै साता अघि पत्ता लागेको ओमिक्रोनले त्रास बढाएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभरी नै ओमिक्रोनको संक्रमण फैलिन सम्भावना उच्च रहेको जनाएको छ ।

डब्ल्यूएचओले यस भेरियन्टलाई ‘विश्वव्यापी भेरियन्ट कन्सर्न’ घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यकबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । ओमिक्रोनको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन आग्रह गरिएको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट्दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP