सोमबार , भाद्र १५, २०८३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने संकेत गरेका छन् । उनले नेपाल बार एशोशिएसनको ज्ञापनपत्र बुझ्दै त्यस्तो संकेत गरेका हुन् । प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटा फर्किएपछि छलफल अगाडि बढ्ने भन्दै महाभियोगसम्मको तयारीको संकेत गरे ।

बारको आन्दोलनप्रति घुमाउरो तरिकाले समर्थन रहेको जनाउ दिदै प्रचण्डले भने,‘तपाईंहरुले बल गर्नुभएको छ । यसले न्याय क्षेत्रको ठूलो विसंगतिको अन्त्य हुन्छ ।’
न्याय क्षेत्रमा विकृति रहेको भन्दै प्रचण्डले यो विषयको अन्तर्राष्ट्रियकरण भइसकेको बताए । आफूले यूएन मिसनसँग पनि यसबारे कुरा गरेको खुलाए । उनले भने,‘यूएन मिसनसाग कुरा गर्दा पनि यो विषय उठेको छ । यसबारे गम्भीर छौं भन्न खोजेका छौं ।’

प्रचण्डले नेपाल बार एशोशिएसनका पदाधिकारीलाई गुनको पैचौं तिर्ने वचन दिए । प्रतिनिधि सभा पुनःस्थापनामा कानुन व्यवसायीहरुले ठूलो गुन लगाएको उल्लेख गर्दै भने,‘तपाईहरुको गुनको पैचौं तिर्नुपर्छ । कार्यपालिकाले ऋण तिनुपर्छ भन्ने बोध छ ।’ दलहरुले न्यायपालिकाको विषयमा छलफल गर्दै आएको समेत बताए ।

नेपाल बार एशोशिएसन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आन्दोलनमा छ । बारले शिर्ष नेताहरुलाई भेटेर जबराविरुद्ध महाभियोग ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाउने अभियान चलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP