मंगलबार , भाद्र १६, २०८३

मुस्ताङ प्रशासनले ताजा पीसीआर नेगेटिभ रिपोर्टबिना जिल्ला प्रवेशमा रोक लगाएको छ।

कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त पर्यटकीय जिल्ला मुस्ताङले नयाँ भेरिएण्ट ओमिक्रोन भित्रन नदिन कठोर निर्णय गरेको हो।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार यो नियम आज राति १२ बजेपछि मंसिर १९ गतेसम्म लागू हुनेछ। पर्यटकहरूको लागि सात दिनभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा खोप कार्ड अनिवार्य गरिएको छ।

तर, मुस्ताङमा स्थायी बसोबास गर्दै आएकाहरू, पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीहरूको लागि भने यो सर्त लागू नहुने जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ।

जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले सार्वजनिक स्थलमा मेला, जात्रा, महोत्सव, भोजभतेर, हाटबजारलगायतका भीडभाड हुने खालका कार्यक्रमहरू नगर्न आदेश पनि दिएको प्रजि शर्माले बताए।

विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका अनिवार्य कार्य गर्नुपरेमा बढीमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरिएको पनि उनले सुनाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP