
राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी एकता महाधिवेशमा बन्दसत्र सुरु भएको छ । नेता गणेशलाल श्रेष्ठका बुधबार साँझ पार्टीको बन्दसत्र सुरु भएको हो ।
बन्दसत्रलाई अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले सम्बोधन गर्नेछन् । नयाँ नेतृत्व चयनको प्रक्रिया पनि सुरु हुनेछ । पार्टीको नयाँ नेतृत्वका लागि पार्टीका वर्तमान अध्यक्ष थापा र नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी दिँदैछन् । नेता लिङ्देनलाई वर्तमान अध्यक्षद्वय जबरा र लोहनीले साथ दिएका छन् ।
थापा १९ वर्षदेखि राप्रपाको एकल शासनमा छन् । लिङ्देन भने पार्टीका पूर्व महामन्त्री हुन् ।
राप्रपाको जारी महाधिवेशनले १९९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । जसमा १ अध्यक्षसहित निर्वाचित ३ महामन्त्री र मनोनित ३ महामन्त्री रहनेछन् । यस्तै, ३ निर्वाचित र ३ मनोनित गरेर ६ जना उपाध्यक्ष रहने व्यवस्था पार्टी विधानमा छ ।
पार्टीको नयाँ बन्ने कार्यसमितिमा १ कोषाध्यक्ष रहने व्यवस्था छ । यस्तै, ७ सहमहामन्त्री र ७ सहायक महामन्त्री पनि रहने व्यवस्था विधानले गरेको छ । प्रवक्ता भने आवश्यक्ता अनुसार राख्ने विधानले व्यवस्था गरेको छ ।