मंगलबार , बैसाख २९, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी एकता महाधिवेशमा बन्दसत्र सुरु भएको छ । नेता गणेशलाल श्रेष्ठका बुधबार साँझ पार्टीको बन्दसत्र सुरु भएको हो ।

बन्दसत्रलाई अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले सम्बोधन गर्नेछन् । नयाँ नेतृत्व चयनको प्रक्रिया पनि सुरु हुनेछ । पार्टीको नयाँ नेतृत्वका लागि पार्टीका वर्तमान अध्यक्ष थापा र नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी दिँदैछन् । नेता लिङ्देनलाई वर्तमान अध्यक्षद्वय जबरा र लोहनीले साथ दिएका छन् ।

थापा १९ वर्षदेखि राप्रपाको एकल शासनमा छन् । लिङ्देन भने पार्टीका पूर्व महामन्त्री हुन् ।

राप्रपाको जारी महाधिवेशनले १९९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । जसमा १ अध्यक्षसहित निर्वाचित ३ महामन्त्री र मनोनित ३ महामन्त्री रहनेछन् । यस्तै, ३ निर्वाचित र ३ मनोनित गरेर ६ जना उपाध्यक्ष रहने व्यवस्था पार्टी विधानमा छ ।

पार्टीको नयाँ बन्ने कार्यसमितिमा १ कोषाध्यक्ष रहने व्यवस्था छ । यस्तै, ७ सहमहामन्त्री र ७ सहायक महामन्त्री पनि रहने व्यवस्था विधानले गरेको छ । प्रवक्ता भने आवश्यक्ता अनुसार राख्ने विधानले व्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP