सोमबार , भाद्र १५, २०८३

राप्रपा नेपालकी नेता तथा नायिका रेखा थापा पार्टीको महामन्त्री पदमा उठ्ने तयारी गरेकी छन् । आजबाट काठमाडौंमा सुरु भएको राप्रपाको महाधिवेशनमा थापाले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेकी हुन् ।

काठमाडौँको भृकुटीमण्डपमा भइरहेको राप्रपा नेपालको उद्घाटन कार्यक्रमपछि आजै बेलुकाबाट बन्दसत्रको कार्यक्रम हुने तय भएको छ । उम्मदेवारी मनोनयन, दर्ता र निर्वाचनलगायतका कार्यक्रम भने बिहीबार हुनेछ ।

राप्रपामा अध्यक्ष कमल थापा र पूर्वमहामन्त्री समेत रहेका सांसद राजेन्द्र लिङ्देन अध्यक्ष पदमा उठ्ने तयारीमा छन् ।

रेखा थापा लिङ्देन पक्षबाट महामन्त्री पदमा उठ्ने तयारीमा छिन् । महामन्त्रीमा रेखासहित लिङ्देन पक्षबाटै नेता गोविन्द खनिया र नेपालगञ्ज उपमहानगरका मेयर समेत रहेका नेता धवल शम्शेर राणा पनि आकांक्षी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP