शनिबार , भाद्र १३, २०८३

अफ्रिकी मुलुकमा पहिचान गरिएको कोरोनाको ओमिक्रोन भेरियन्टको एसियाका केही मुलुकमा तीव्र विस्तार भइरहेकाले सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले आग्रह गरेको छ। मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमणमा नजान पनि अपिल गरेको छ। मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। विज्ञप्तिमा भनिएको छ, ‘कोभिड-१९ को ओमिक्रोन भेरियनटको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालय अपिल गर्दछ।’

मन्त्रालयले हालसम्म उक्त भेरियन्ट नेपालमा फेला परिनसकेको र आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको जनाएको छ। यस्तै नयाँ देखिएको भेरियन्टबारे समयमै सावधानी अपनाई नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न सरकारले काम गरिरहेको पनि पनि प्रस्ट पारिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता, डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यो भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएको छ। त्यसैले संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्न गराउन भूमिका बढाउन सबैको जानकारीका लागि विनम्र अनुरोध छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP