आइतबार , बैसाख ७, २०८२

अफ्रिकी मुलुकमा पहिचान गरिएको कोरोनाको ओमिक्रोन भेरियन्टको एसियाका केही मुलुकमा तीव्र विस्तार भइरहेकाले सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले आग्रह गरेको छ। मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमणमा नजान पनि अपिल गरेको छ। मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। विज्ञप्तिमा भनिएको छ, ‘कोभिड-१९ को ओमिक्रोन भेरियनटको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालय अपिल गर्दछ।’

मन्त्रालयले हालसम्म उक्त भेरियन्ट नेपालमा फेला परिनसकेको र आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको जनाएको छ। यस्तै नयाँ देखिएको भेरियन्टबारे समयमै सावधानी अपनाई नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न सरकारले काम गरिरहेको पनि पनि प्रस्ट पारिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता, डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यो भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएको छ। त्यसैले संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्न गराउन भूमिका बढाउन सबैको जानकारीका लागि विनम्र अनुरोध छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP