सोमबार , अषोज २६, २०८३

संसारकै कान्छो गणतान्त्रिक मुलुक बार्बाडोसले चर्चित गायिका रिहानालाई ‘नेशनल हिरो’ घोषणा गरेको छ ।

सोमबार राजधानी ब्रिजटाउनमा आयोजित एक कार्यक्रममा रिहानालाई ‘नेशनल हिरो’ घोषणा गरिएको हो । बार्बाडोसको गणतान्त्रिक आन्दोलनका नेता मोट्लेले ‘नेशनल हिरो’ घोषणा गर्ने क्रममा रिहानालाई मञ्चमा बोलाउँदै धन्यवाद दिएका थिए ।‘हीरा झैं निरन्तर चम्किँदै आफ्नो कामबाट मुलुकको गौरव बढाउनु हुनेछ भन्दै शुभकामना दिन चाहन्छु,’ रिहानालाई मोटलेले भनेका थिए । रिहानाले आफ्नो सिर्जनशीलता, अनुशासन र विशेषगरी जन्मभूमिप्रतिको अदभूत प्रतिबद्धतामार्फत् विश्वभर छाएको पनि उनको भनाइ थियो ।

सन् १९८८ मा बार्बाडोसको सेन्ट माइकलमा जन्मिएकी र राजधानीमा हुर्किएकी रिहानाको वास्तविक नाम रोबिन रिहाना फेन्टी हो । उनी सांगीतिक क्षेत्रमा करिअर बनाउन भन्दै किशोरावस्थामै अमेरिका गएकी थिइन् ।अमेरिका गएयता निकै चर्चित र लोकप्रिय बनेकी रिहाना ९ वटा ग्रामी अवार्डसहित विभिन्न पुरस्कारबाट सम्मानित भइसकेकी छन् । फोर्ब्सको अर्बपतिको सूचीमा उनको समेत नाम छ ।

रिहानालाई सन् २०१८ मा बार्बाडोसका लागि राजदूत तोकिएको थियो । १९६६ मा बेलायतबाट स्वतन्त्र भएको उक्त मुलुकले केही समयअघिसम्म महारानी एलिजाबेथलाई नै राष्ट्रप्रमुख मान्दै आएको थियो ।

तर अक्टोबर ६ मा संविधान परिमार्जन गरी एलिजाबेथलाई बार्बाडोसको रानीबाट हटाउँदै उनको स्थानमा राष्ट्रपति हुने व्यवस्था गरिएको थियो । त्यसको एक हप्ता लगत्तै ७२ वर्षीया सान्द्रा मेसनलाई पहिलो राष्ट्रपतिको रुपमा मनोनयन गरियो । अक्टोबर २० गते उनी राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP