शुक्रबार , जेठ २४, २०८२

संसारकै कान्छो गणतान्त्रिक मुलुक बार्बाडोसले चर्चित गायिका रिहानालाई ‘नेशनल हिरो’ घोषणा गरेको छ ।

सोमबार राजधानी ब्रिजटाउनमा आयोजित एक कार्यक्रममा रिहानालाई ‘नेशनल हिरो’ घोषणा गरिएको हो । बार्बाडोसको गणतान्त्रिक आन्दोलनका नेता मोट्लेले ‘नेशनल हिरो’ घोषणा गर्ने क्रममा रिहानालाई मञ्चमा बोलाउँदै धन्यवाद दिएका थिए ।‘हीरा झैं निरन्तर चम्किँदै आफ्नो कामबाट मुलुकको गौरव बढाउनु हुनेछ भन्दै शुभकामना दिन चाहन्छु,’ रिहानालाई मोटलेले भनेका थिए । रिहानाले आफ्नो सिर्जनशीलता, अनुशासन र विशेषगरी जन्मभूमिप्रतिको अदभूत प्रतिबद्धतामार्फत् विश्वभर छाएको पनि उनको भनाइ थियो ।

सन् १९८८ मा बार्बाडोसको सेन्ट माइकलमा जन्मिएकी र राजधानीमा हुर्किएकी रिहानाको वास्तविक नाम रोबिन रिहाना फेन्टी हो । उनी सांगीतिक क्षेत्रमा करिअर बनाउन भन्दै किशोरावस्थामै अमेरिका गएकी थिइन् ।अमेरिका गएयता निकै चर्चित र लोकप्रिय बनेकी रिहाना ९ वटा ग्रामी अवार्डसहित विभिन्न पुरस्कारबाट सम्मानित भइसकेकी छन् । फोर्ब्सको अर्बपतिको सूचीमा उनको समेत नाम छ ।

रिहानालाई सन् २०१८ मा बार्बाडोसका लागि राजदूत तोकिएको थियो । १९६६ मा बेलायतबाट स्वतन्त्र भएको उक्त मुलुकले केही समयअघिसम्म महारानी एलिजाबेथलाई नै राष्ट्रप्रमुख मान्दै आएको थियो ।

तर अक्टोबर ६ मा संविधान परिमार्जन गरी एलिजाबेथलाई बार्बाडोसको रानीबाट हटाउँदै उनको स्थानमा राष्ट्रपति हुने व्यवस्था गरिएको थियो । त्यसको एक हप्ता लगत्तै ७२ वर्षीया सान्द्रा मेसनलाई पहिलो राष्ट्रपतिको रुपमा मनोनयन गरियो । अक्टोबर २० गते उनी राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP