मंगलबार , भाद्र १६, २०८३

नेपाली सेना र अमेरिकी सेनाबीच भएको एक महिना लामो संयुक्त सैन्य अभ्यास मंगलबार सम्पन्न भएको छ । गत कात्तिक १५ गते सुरु भएको सो ‘टिक–नेल–२२’ नाम दिइएको सैन्य अभ्यासको मंगलबार नेपाली सेनाका बलाध्यक्ष सरोजप्रताप राणाले समापन गरेका छन् ।

छाउनीस्थित रेञ्जर गणमा विशेष कार्यक्रमको आयोजना गरेर संयुक्त सैन्य अभ्यासको समापन गरिएको हो ।नेपाली सेनाको खोज तथा उद्धार कार्यमा सहभागी हुने फौजहरु मध्येबाट ४५ र अन्य निकायबाट ४ जना तथा अमेरिकी सेनाका १७ जना गरी ६६ जना सैनिकले काठमाडौँ, पोखरा र अन्नपुर्ण वेस क्याम्प क्षेत्रमा अभ्यास गरेका थिए ।

जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार जस्ता विषयहरुमा अभ्यास गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP