मंगलबार , बैसाख २९, २०८३

सरकारले अमेरिकाका राष्ट्रपतिबाट भर्चुअल रुपमा आयोजना हुन लागेको लोकतन्त्रसम्बन्धी शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले शिखर सम्मेलनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार जानकारी दिए ।बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीका १० जना सचिवहरूको सरुवा गरेको छ भने चलचित्र निर्माण, प्रदर्शन तथा वितरण सातौँ संशोधन नियमावली २०७८, प्रहरी नवौँ संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको उनले बताए । बैठकले रेडियो सञ्चार लाइसेन्स पाँचौँ संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए।

सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमक्रिोनको सङ्क्रमण देखिएका मुलुकहरूबाट नेपाल आउने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको छ ।

प्रवक्त कार्कीले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण नेपालमा भित्रिन नदिन सजगता अपनाउन सङ्क्रमण देखिएका मुलुकहरूबाट नेपाल आउने यात्रुहरूको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै बैठकले नेपाल विद्युत प्राधिकरण कृष्णनगर चन्द्रौटामा कार्यालय भवन निर्माण गर्न आवश्यक पर्ने जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP