बुधबार , बैसाख २४, २०८२

सरकारले अमेरिकाका राष्ट्रपतिबाट भर्चुअल रुपमा आयोजना हुन लागेको लोकतन्त्रसम्बन्धी शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले शिखर सम्मेलनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार जानकारी दिए ।बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीका १० जना सचिवहरूको सरुवा गरेको छ भने चलचित्र निर्माण, प्रदर्शन तथा वितरण सातौँ संशोधन नियमावली २०७८, प्रहरी नवौँ संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको उनले बताए । बैठकले रेडियो सञ्चार लाइसेन्स पाँचौँ संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए।

सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमक्रिोनको सङ्क्रमण देखिएका मुलुकहरूबाट नेपाल आउने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको छ ।

प्रवक्त कार्कीले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण नेपालमा भित्रिन नदिन सजगता अपनाउन सङ्क्रमण देखिएका मुलुकहरूबाट नेपाल आउने यात्रुहरूको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै बैठकले नेपाल विद्युत प्राधिकरण कृष्णनगर चन्द्रौटामा कार्यालय भवन निर्माण गर्न आवश्यक पर्ने जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP