मंगलबार , बैसाख २९, २०८३

चितवनमा जारी नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। निर्धारित समय भन्दा करिब ७ घण्टापछि मात्र मतदान सुरु भएको हो।

ओली पक्षले ‘भोट नहाल्ने नामावली’ भन्दै भीम रावल सहित ११ जनाको सूची प्रकाशित गरेको छ। मतदान गर्न लाइनमा बसेका कार्यकर्तालाई सो सूची वितरण गरिएको छ। प्राप्त सूची अनुसार अध्यक्षका उम्मेद्वार भीम रावल, उपाध्यक्षका उम्मेद्वार घनश्याम भुसाल, सचिव टंकप्रसाद कार्की र भीम प्रसाद आचार्यलाई भोट नहाल्नू भनिएको छ।

यस्तै सदस्य (प्रदेश १ खुल्ला) मा भाष्कर काफ्ले, सदस्य (प्रदेश महिला) नीरा खना, सदस्य (सुदुरपश्चिम महिला) पशुपति कुँवर, मञ्जु मलासी, सदस्य (दलित खुल्ला) नरवहादुर वि.क, सदस्य (थारु खुल्ला) जयप्रकाश थारु, सदस्य (पिछडिएको क्षेत्र खुल्ला भरत साउदलाई भोट नहाल्न भनिएको छ।

यस्तै उनीहरूले ओली प्यानलको लिस्ट पनि सँगै बाढ्दै भोट हाल्न आग्रह गरिरहेका छन्।

प्यानल बनाएर चुनावी प्रतिस्पर्धा नगर्ने भनिए पनि जारी मतदानमा प्यानलको सूची बनाएर महाधिवेशन प्रतिनिधिलाई वितरण गरिएको छ। अध्यक्ष केपी शर्मा ओली पक्षले कसलाई भोट हाल्ने र कसलाई नहाल्ने भनेर प्यानलसहितको सूची वितरण गरेको हो।

सूचीमा ओलीले यसअघि बन्दसत्रमा बाचन गरेको नामावलीमा भोट हाल्न सूचित गरिएको छ।

राति ९ बजेदेखि बिहान १ बजेसम्म मतदानको समय तय गरिएकोमा ४ बजेदेखि मात्र मतदान सुरू भएको हो।

मतदानका लागि मतदाताको लामो लाइन छ। रातभर जाग्राम बसेर मतदानका लागि बसेका प्रतिनिधिहरू बिहान पुनः लाइन लागेर भोट हाल्न तयार छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP