शनिबार , भाद्र १३, २०८३

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोभिड–१९ भाइरसको नयाँ भेरियन्ट फेला परेको मुलुकमा यात्रा प्रतिबन्ध लगाउन सरकारलाई सिफारिस गरेको छ ।

दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन भाइरस एक दर्जनभन्दा बढी मुलुकमा फैलिएपछि नेपालमा उच्च सतर्कता अपनाउँदै ती मुलुकका यात्रुलाई प्रतिबन्ध लगाउन सीसीएमसीले सिफारिस गरेको हो ।

सीसीएमसीको सोमबार बसेको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, श्रम र शिक्षा मन्त्रालयका अधिकारीहरूको सहभागिता थियो ।त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीको समेत सहभागिता रहेको उक्त बैठकमा अधिकांशले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कामको आलोचना गर्दै तत्काल उच्च सतर्कता अपनाउन आग्रह गरेका थिए ।

उनीहरूले जनताले स्वास्थ्य मापदण्ड पालना गरे÷नगरेको विषयमा अनुगमन गर्न नसकेको र स्वास्थ्य परीक्षणको दायरा घटाएको भन्दै स्वास्थ्य मन्त्रालयको आलोचना गरेका थिए । सरकारले कोभिडपछि सबै क्षेत्र खुला गरिसकेको अवस्थामा मन्त्रालयले समन्वय गर्न नसकेको पनि उनीहरूको आरोप थियो ।

बैठकका सहभागी एक अधिकारीले नेपाल भने– ‘हामीले स्वास्थ्य मन्त्रालयको लापरबाहीको विषयमा प्रश्न उठाएका थियौं । यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको छ ।’ बैठकमा उपस्थित अधिकांशले नयाँ प्रजातिको भाइसरबाट जोगिन चीन र भारत दुवै देशको सिमानामा कडाइ गर्नुपर्ने सुझाव दिएका थिए ।

नयाँ भाइरसबाट हुन सक्ने संक्रमणको अवस्थाको बारेमा सबै निकाय चिन्तित हुनुपर्ने सबैको भनाइ थियो । विश्व स्वास्थ्य संगठनले नयाँ भाइरसले पार्ने प्रभावको बारेमा अनुसन्धान गरिरहेको बताउँदै नयाँ प्रजातिले विश्वलाई चिन्तित तुल्याइसकेको जनाएको छ ।

सीसीएमसीका प्रवक्ता एवं सहसचिव सुनीता नेपालले सीसीएमसीको बैठकको निर्णयानुसार उच्च सतर्कता अपनाउने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सुझाव पठाइएको जानकारी दिए । यद्यपि उनले कुन–कुन मुलुकको यात्रा प्रतिबन्ध लगाउने भन्ने विषयमा भने निर्णय नभएको बताए । उनले भने– ‘कुन–कुन देशका यात्रुलाई प्रतिबन्ध लगाउने भन्ने विषयमा प्रधानमन्त्री कार्यालयबाट मन्त्रिपरिषद्मा सीधै सिफारिस होला ।’

ओमिक्रोन भाइरस अफ्रिका, एसिया र युरोपका अधिकांश मुलुकमा प्रवेश गरिसकेको छ । दक्षिण एसियाली मुलुकमा समेत यो नयाँ प्रजाति प्रवेश गर्न सक्ने आशंकामा भारतले समेत अफ्रिकी मुलुकको यात्रामा प्रतिबन्ध लगाइसकेको छ ।

कोभिड–१९ को नयाँ प्रजाति ओमिक्रोन भाइरस अस्ट्रेलिया, हङकङ, इटाली, जर्मनी, ब्राजिल, इजरायल, नेदरल्यान्ड, बेलायत, बेल्जियम, चेकगणतन्त्रलगायतका मुलुकमा फैलिइसकेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP