बुधबार , बैसाख २४, २०८२

चार दिनदेखि चलेको नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनको नेतृत्व चयनका लागि मतदान जारी छ । अध्यक्ष उम्मेदवार केपी शर्मा ओली र भीम रावलले मतदान गरिसकेका छन । राति २ बजेदेखि हुने भनिएको मतदान बिहान ४ बजेबाट सुरु भएको हो ।

सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि एमालेले १० औँ महाधिवेशनको नेतृत्व मतदानबाट चुनिन लागेको हो । सोमबारदेखि निर्वाचन प्रक्रिया सुरु भए पनि केही पद सर्वसम्मत भएका छन् । अध्यक्षपछि महत्वपूर्ण मानिएका वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिवलगायत पद सर्वसम्मत भएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको मात्र उम्मेदवारी परेको छ । उता तीनजना महासचिवका लागि पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमालको उम्मेदवारी परेको छ । एमाले विधानमा उल्लेख भए अनुसारको सिट संख्या बराबर उम्मेदवारी परेपछि यी पद सर्वसम्मत भएका हुन् ।

केन्द्रीय पदाधिकारीका महत्वपूर्ण वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिवसँगै अन्य केही पदसमेत सर्वसम्मत भएका छन् ।

प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा खुला र महिला केन्द्रीय सदस्य सर्वसम्मत भएका छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेश खुला केन्द्रीय सदस्य सर्वसम्मत भएका छन् ।

उपत्यका विशेष खुला र महिला एकएक पदमा सर्वसम्मत भएको छ भने सम्पर्क समन्वयतर्फ खुला र महिला पद सर्वसम्मत भएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार समावेशीतर्फका अधिकांश पद सर्वसम्मत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP