सोमबार , अषोज २६, २०८३

अध्ययनका लागि विदेश जानेहरूका नाममा पछिल्लो तीन वर्षमा करिब एक खर्ब रूपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार पछिल्लो तीन वर्षमा ९७ अर्ब १ करोड रुपैयाँ शिक्षाका नाममा विदेसिएको हो।

कोरोना महामारीको समयमा पनि ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिनेको संख्या खासै कमि नआएको समेत राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। सरकारले नेपालमा विद्यार्थी रोक्न नसक्दा शिक्षाका नाममा अर्बौँ रकम बाहिरिएको हो।

नेपालबाट आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी ६३ हजार २५९ जना विद्यार्थीले एनओसी लिएका थिए। उक्त वर्ष विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरूका नाममा ४६ अर्ब २४ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांकले उल्लेख गरेको छ।

नेपाल समय
कोरोना महामारीले असर गरेको आर्थिक वर्ष २०७६/७७ मा ३४ हजार ९४ जनाले एनओसी लिएका थिए भने २५ अर्ब ८१ करोड रुपैयाँ शिक्षाकै लागि नेपालबाट बाहिरिन पुगेको छ। गत आर्थिक वर्ष २०७७/०७८ मा पनि २७ हजार ९ सय ७८ जनाले एनओसी लिएको शिक्षा मन्त्रालयल एनओसी साखाको तथ्याङ्क छ। गत आर्थिक वर्षमा पनि २४ अर्ब ८६ करोड रुपैया बाहिरिएको छ।

विगत १० वर्षमा ३ लाख ५२ हजार ७१५ जनाले शिक्षा मन्त्रालयबाट विदेश अध्ययनका लागि एनओसी लिएका छन्। यस मध्ये करिब ८० प्रतिशत विद्यार्थी विदेशमा अध्ययनका लागि गएको शिक्षा मन्त्रालय एनओसी शाखाको दाबी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP