मंगलबार , अषोज २७, २०८३

झण्डै २ वर्षसम्म अन्तर्राष्ट्रिय सीमा बन्द गरेको अस्ट्रेलियाले पर्सी डिसेम्बर १ देखि खुला गर्ने घोषणा गरेकोमा अन्तिम समयमा फेरि सीमा बन्द गरेको छ । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण अस्ट्रेलियाको संघीय सरकारले डिसेम्बरमा अन्तर्राष्ट्रिय सीमा खुला गर्ने निर्णयलाई डिसेम्बर १५ सम्मको लागि स्थगित गरेको सिड्नी मर्निङ हेराल्डले जनाएको छ ।

अस्ट्रेलियाले पर्सीदेखि सीमा खुला गरेपछि करिब २ लाख कामदार र विद्यार्थीहरु अस्ट्रेलिया जाने अपेक्षा गरिएको थियो । तर, अन्तिम समयमा शीर्ष संघीय मन्त्रीहरुले योजनाको पुनरावलोकन गर्दै सीमा खुला गर्ने अहिलेको कार्यक्रम केही पर सार्ने निर्णय गरेका छन् । मंगलबार अस्ट्रेलियाको राष्ट्रिय क्याबिनेटको बैठकले यस विषयमा थप निर्णय गर्नेछ ।

संघीय सरकारले सोमबार राती एउटा वक्तव्य जारी गर्दै निर्णयको पुष्टि गरेको छ । वक्तव्यमा जापान र दक्षिण कोरियाबाट आउने यात्रुलाई समेत डिसेम्बर १५ सम्म प्रवेश नदिइने बताइएको छ । सोमबार राती प्रधानमन्त्री स्कट मोरिसनले संघीय मन्त्रिपरिषदको राष्ट्रिय सुरक्षा समितिसँग छलफल गरेका थिए जसमा स्वास्थ्य विशेषज्ञहरुले ओमिक्रेन डेल्टा भेरिएन्टभन्दा घातक छ कि छैन भन्ने थाहा पाउन समय लाग्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP