बुधबार , बैसाख २४, २०८२

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले चितवनमा जारी पार्टीको १० औं महाधिवेशनमा आज पदाधिकारी र केन्द्रीय सदस्यको सूची सार्वजनिक गर्ने भएका छन् ।

शनिबार पदाधिकारी र केन्द्रीय सदस्य छान्ने जिम्मा पाएका ओलीले आज बिहान १० बजे बन्द सत्रमा सूची सार्वजनिक गर्ने भएका हुन् ।

पदाधिकारी र केन्द्रीय सदस्य थप्ने जिम्मा अध्यक्ष ओलीलाई दिने प्रस्ताव महाधिवेशनको दोस्रो बन्द सत्रले पारित गरेपछि पार्टी उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले भने असन्तुष्टि जनाएका थिए ।

१९ पदाधिकारी थपिएसँगै अब एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनेको छ ।

स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बन्ने सम्भावना छ । ओलीले वरिष्ठ उपाध्यक्षमा आफूनिकट पोखरेललाई पहिलो रोजाइमा राखेका छन् । त्यस्तै, ओलीले उपाध्यक्षको सूचीमा विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा बादल, लालबाबु पण्डित, रघुवीर महासेठ, घनश्याम भुसालको नाम राखेका छन् ।

महासचिवमा शंकर पोखरेलको चर्चा छ । उनलाई महासचिव बनाउनुपर्ने प्रस्ताव आएपछि विष्णु पौडेलले भने असन्तुष्टि जनाएका छन् ।

उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र योगेश भट्टराईको चर्चा रहेको छ । पार्टी विभाजन हुँदा एमालेमै रहेकाले ओलीले भट्टराईको नाम महासचिवमा राखेका हुन् ।

एमालेमै रहेपछि ओलीले भट्टराईलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी पनि दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP