सोमबार , भाद्र १५, २०८३

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले चितवनमा जारी पार्टीको १० औं महाधिवेशनमा आज पदाधिकारी र केन्द्रीय सदस्यको सूची सार्वजनिक गर्ने भएका छन् ।

शनिबार पदाधिकारी र केन्द्रीय सदस्य छान्ने जिम्मा पाएका ओलीले आज बिहान १० बजे बन्द सत्रमा सूची सार्वजनिक गर्ने भएका हुन् ।

पदाधिकारी र केन्द्रीय सदस्य थप्ने जिम्मा अध्यक्ष ओलीलाई दिने प्रस्ताव महाधिवेशनको दोस्रो बन्द सत्रले पारित गरेपछि पार्टी उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले भने असन्तुष्टि जनाएका थिए ।

१९ पदाधिकारी थपिएसँगै अब एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनेको छ ।

स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बन्ने सम्भावना छ । ओलीले वरिष्ठ उपाध्यक्षमा आफूनिकट पोखरेललाई पहिलो रोजाइमा राखेका छन् । त्यस्तै, ओलीले उपाध्यक्षको सूचीमा विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा बादल, लालबाबु पण्डित, रघुवीर महासेठ, घनश्याम भुसालको नाम राखेका छन् ।

महासचिवमा शंकर पोखरेलको चर्चा छ । उनलाई महासचिव बनाउनुपर्ने प्रस्ताव आएपछि विष्णु पौडेलले भने असन्तुष्टि जनाएका छन् ।

उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र योगेश भट्टराईको चर्चा रहेको छ । पार्टी विभाजन हुँदा एमालेमै रहेकाले ओलीले भट्टराईको नाम महासचिवमा राखेका हुन् ।

एमालेमै रहेपछि ओलीले भट्टराईलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी पनि दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP