सोमबार , भाद्र १५, २०८३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पटक पटक अप्रेशनबाट नयाँ जीवन पाउँदै आएकाले त्यति भर नभएको बताएका छन् । एमालेको बन्द सत्रलाई सम्बोधन गर्दै भावुक बनेका ओलीले नयाँ पुस्तामा चाँडै एमालेको नेतृत्व जाने संकेत पनि गरे ।

‘म कति बाँँच्छु थाहा छैन,’ ओलीले शनिबार चितवनमा आयोजित बन्दसत्रमा भने, ‘धेरैपल्ट जीर्ण स्वास्थ्यबाट, धेरै अप्रेसनहरुबाट गुज्रिएर आएको हुँ, कति बाँचिन्छ भन्न सकिन्नँ ।’ उनले आफ्नो जीवनको कुनै टुंगो नभएको बताए ।

ओलीले धेरैपटक मरेर बाँचेर आएकाले भर नभएको बताए । उनले भने, ‘मेरो जीन्दगी धेरैपल्ट मरेर बाँचेर आएको, त्यति साह्रो भर नहुन सक्छ ।’

उनले एमालेभित्र नयाँ पुस्ताबाट लोकतन्त्र सुरक्षित रहेको बताए । ओलीले आफू नयाँ पुस्ताको उच्च मनोबल र असाधारण क्षमताका कारण निकै उत्साही र ढुक्क भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP