सोमबार , भाद्र १५, २०८३

नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रचार प्रसार समितिले पूर्णता पाएको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा संयोजकत्वको समितिका सदस्यहरूमा जीवन परियार, किरण यादव, किरण गिरी, अभिषेक प्रताप शाह, जनकराज कलौनी र दिलिप राई चयन भएका छन्।

२७ मंसीरमा शुरू हुने महाधिवेशनका लागि गठित प्रचार प्रसार समितिमा कांग्रेस सूचना, संचार तथा प्रचार विभागका पदाधिकारी एवं सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरू, नेपाली जनसम्पर्क समितिका अध्यक्ष र संयोजकहरू, नेपाल प्रेस युनियन, केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरू र  नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्षहरू पनि सदस्य रहेका छन्।

यस्तै, नेपाल प्रेस युनियन केन्द्रीय समितिका सल्लाहकारहरू, नेपाल प्रेस युनियन जिल्ला एवं प्रतिष्ठान शाखाका सभापतिहरू र काठमाडौंस्थित जिल्ला सम्पर्क समितिका सभापतिहरूलाई पनि प्रचार समितिको सदस्यमा राखिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए।

२८ कात्तिकमा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रवक्ता शर्माको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP