बिहिबार , बैसाख २५, २०८२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभइ एकता मुख्य कुरा भएको बताउनुभएको छ ।

दशाैँ महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिपक्षी र विपक्षीसँग प्रतिस्पर्धा गर्नुपर्ने र पार्टीभित्र एकता हुनुपर्ने बताउनुभयो । पार्टी भित्र एकता भएमात्रै बलियो भएर प्रतिपक्षसँग लड्न सक्ने ओलीको भनाइ छ । महाधिवेशनमा सहमतिको सम्भावना कम हुँदै गएको चर्चाका बीच अध्यक्ष ओलीले सहमतिमै जोड गर्नुभएको हो ।

अध्यक्ष ओलीले पार्टीलाई जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेता कार्यकर्तालाई धन्यवाद पनि दिनुभयो । विरोधीहरुले पार्टी नै खोसेर धुलोमा पछारेकोमा एक वर्ष पनि नभइ देशको एक नम्बर पार्टीको रुपमा पुनर्जिवन पाएको दावी गर्दै ओलीले खुशी व्यक्त गर्नुभयो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याएको भन्दै खुशी मनाउनेहरुलाई चितवनमा देखिएको जनसमर्थनले जवाफ दिएको बताउनुभएको छ । पार्टीको १० औं महाधिवेशन अन्तरगतको बन्दसत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा जनसमर्थन कोसँग छ भनेर जनसहभागीताले पुष्टि गरेको बताउनुभयो । विरोधीहरुको जालझेलबाट पार्टी प्रतिपक्षमा आएको भए पनि पार्टी उस्तै बलियो रहेको उहाँकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP