सोमबार , भाद्र १५, २०८३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभइ एकता मुख्य कुरा भएको बताउनुभएको छ ।

दशाैँ महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिपक्षी र विपक्षीसँग प्रतिस्पर्धा गर्नुपर्ने र पार्टीभित्र एकता हुनुपर्ने बताउनुभयो । पार्टी भित्र एकता भएमात्रै बलियो भएर प्रतिपक्षसँग लड्न सक्ने ओलीको भनाइ छ । महाधिवेशनमा सहमतिको सम्भावना कम हुँदै गएको चर्चाका बीच अध्यक्ष ओलीले सहमतिमै जोड गर्नुभएको हो ।

अध्यक्ष ओलीले पार्टीलाई जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेता कार्यकर्तालाई धन्यवाद पनि दिनुभयो । विरोधीहरुले पार्टी नै खोसेर धुलोमा पछारेकोमा एक वर्ष पनि नभइ देशको एक नम्बर पार्टीको रुपमा पुनर्जिवन पाएको दावी गर्दै ओलीले खुशी व्यक्त गर्नुभयो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याएको भन्दै खुशी मनाउनेहरुलाई चितवनमा देखिएको जनसमर्थनले जवाफ दिएको बताउनुभएको छ । पार्टीको १० औं महाधिवेशन अन्तरगतको बन्दसत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा जनसमर्थन कोसँग छ भनेर जनसहभागीताले पुष्टि गरेको बताउनुभयो । विरोधीहरुको जालझेलबाट पार्टी प्रतिपक्षमा आएको भए पनि पार्टी उस्तै बलियो रहेको उहाँकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP