बिहिबार , बैसाख २५, २०८२

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व चयनको विषयमा पार्टी सहमति भएको बताएका छन्। बन्दसत्रको हलमा प्रवेश गर्ने बेलामा ओलीले सञ्चारकर्मीहरूलाई पार्टी नेतृत्व चयनको बिषयमा सहमति भएको बताएका हुन्।

ओलीले भने, ‘नेतृत्व चयनको बिषयमा सहमति भइसक्यो।

तर, औपचारिक रुपमा अध्यक्षमा उठ्ने घोषणा गरेका उपाध्यक्ष भीम रावल आफ्नो अडानबाट पछि हटेका छैनन्। उनी कुनै हालतमा अध्यक्षभन्दा तल नझर्ने मनस्थितिमा छन्।

ओलीले सहमति भइसकेको बताए पनि उपाध्यक्ष रावलले त्यसबारे आफूलाई कुनै जानकारी नभएको बताए।

‘मलाई सहमतिबारे केही पनि जानकारी छैन, रावलले भने, मनोनयन सुरु भएपछि मैले अध्यक्षमा उम्मेदवारी दिन्छु।’

सर्वसम्मत अध्यक्ष बन्ने तयारीमा रहेका अध्यक्ष ओलीले रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने भने पनि उनी तयार नभएको स्रोतले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP