सोमबार , भाद्र १५, २०८३

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व चयनको विषयमा पार्टी सहमति भएको बताएका छन्। बन्दसत्रको हलमा प्रवेश गर्ने बेलामा ओलीले सञ्चारकर्मीहरूलाई पार्टी नेतृत्व चयनको बिषयमा सहमति भएको बताएका हुन्।

ओलीले भने, ‘नेतृत्व चयनको बिषयमा सहमति भइसक्यो।

तर, औपचारिक रुपमा अध्यक्षमा उठ्ने घोषणा गरेका उपाध्यक्ष भीम रावल आफ्नो अडानबाट पछि हटेका छैनन्। उनी कुनै हालतमा अध्यक्षभन्दा तल नझर्ने मनस्थितिमा छन्।

ओलीले सहमति भइसकेको बताए पनि उपाध्यक्ष रावलले त्यसबारे आफूलाई कुनै जानकारी नभएको बताए।

‘मलाई सहमतिबारे केही पनि जानकारी छैन, रावलले भने, मनोनयन सुरु भएपछि मैले अध्यक्षमा उम्मेदवारी दिन्छु।’

सर्वसम्मत अध्यक्ष बन्ने तयारीमा रहेका अध्यक्ष ओलीले रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने भने पनि उनी तयार नभएको स्रोतले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP