आइतबार , बैसाख ७, २०८२

मुलुकमा आज शुक्रबार थप २७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । यस अवधिमा दश हजार ४४६ को पीसीआर परीक्षण गरिएको थियो ।

योसँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २० हजार ५२७ पुगेको मन्त्रालयले जनाएको छ ।

एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ४५२ पुगेको छ । पछिल्लो समय थप ३०२ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख एक हजार ७२२ पुगेको छ ।

निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१८ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १।४ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ९६ हजार ८५३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार २८७ रहेको छ । हाल होम आइसोलेशनमा छ हजार ८९६, संस्थागत आइसोलेशनमा ३९१, सघन उपचार कक्षमा १७५ र भेन्टिलेटरमा ३३ जनाको उपचार हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP