सोमबार , भाद्र १५, २०८३

कर्णजित बुढाथोकी नेतृत्वको माओवादी केन्द्र समाजवादी र जन समाजवादी मञ्च नेपालबीच कार्यगत एकता भएको छ । आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै दुई पार्टीले एमसीसीविरुद्ध र देशका समसामयिक विषयहरू राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा सँगै अगाडि बढ्ने गरि कार्यगत एकता गर्ने घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले वर्तमान समयमा एमसीसी आवश्यक नभएको बताए । उनले भने,‘अहिले यो देशमा एमसीसीको आवश्यकता छैन् । अब सबैजना बुद्धिजिवी, वामपन्थी, देशभक्त एक ठाउँमा आएर देशलाई पार लगाउनुपर्छ । देश रह्यो भने मात्र तपाईँहरुले यो देशमा राजनीति गर्न पाउनुहुन्छ, नत्रभने अफगानिस्तानमा अमेरिकी सेनाले आतङ्क मच्चाएको झैँ नेपालमा पनि आतङ्क मच्चिन्छ त्यसकारण सबै सचेत नागरिक, आम दाजुभाइ दिदिबहिनीहरुलाई एक हुन आग्रह गर्दछु ।’

त्यस्तै, जन समाजवादी मञ्चका संयोजक कृष्णप्रसाद धमला ‘गम्भीर’ले त्याग, तपस्या र १७ हजारको बलिदानबाट नेपालमा परिवर्तन सम्भव भएको र नेपालको राजनीति यहाँसम्म आइपुगेको स्मरण गराए । उनले यहाँसम्म आइपुग्दा पनि नेपालीको समस्या जस्ताको तस्तै रहेको बताए । अहिलेको व्यवस्थाले जनतामा कुनै पनि परिवर्तन हुन नसकेको उनको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP