मंगलबार , बैसाख २९, २०८३

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले महाधिवेशनको लोगो र मस्कटप्रति व्यङ्ग्य गरेका छन्। उनले गैँडाले झण्डा बोकेको भन्दै गैँडा पाइएन भने बाँदरले बोक्ने बताए।

एमालेको १०औं राष्ट्रिय महाधिवेशनको लोगोमा गैँडाले झण्डा बोकेको चित्र प्रयोग भएको छ। मस्कट पनि सोही चित्रको आधारमा निर्माण भएको देखिन्छ। अध्यक्ष नेपालले त्यसैप्रति व्यङ्ग्य गरेका हुन्। ‘गैँडाले त्यहाँ झण्डा बोकिरहेको छ। गैँडा पाइएन भने बाँदरले झण्डा बोक्नेछ। बाँदरबाहेक कोहीले बोक्नेवाला छैन,’ उनले भने।

नेपालले एमालेको अवशान सुरु भइसकेको बताए। ‘१०औं महाधिवेशनको फूर्ति नलगाए हुन्छ। त्यसको कुनै अर्थ छैन। सत्य र न्यायको आवाज नेकपा एकीकृत समाजवादीले बोक्छ,’ शुक्रबार एकीकृत समाजवादीको कर्णाली प्रदेशस्तरीय अगुवा पार्टी प्रशिक्षण भेलामा सम्बोधन गर्दै उनले भने।

अध्यक्ष नेपालले कसैकसैले एमालेसँग एकता भन्ने गरेको भए पनि एकता नहुने बताए। ‘केपी ओली हुँदासम्म कुनै कम्युनिस्ट पार्टीले एकता गर्नेवाला छैनन्,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP