मंगलबार , भाद्र १६, २०८३

नेपाल प्रहरीले रिक्त पदहरुमा भर्ना खोलेको छ । आज सूचना जारी गरी जनपद समूहतर्फ रिक्त प्रहरी निरीक्षक, प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगीमा भर्ना खोलेको हो ।

प्रहरीका अनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी निरीक्षक पदका लागि १४६, जवान पदका लागि १९७१, प्रहरी सहयोगी १०३ जना गरी कुल २३२० जनाका लागि दरखास्त आव्हान गरिएको हो ।

प्रहरी निरीक्षकका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा ७ वटै प्रदेश प्रहरी कार्यालयहरुबाट दरखास्त फारम लिन र बुझाउन सकिने नेपाल प्रहरीले जनाएको छ ।

यसैगरी, जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, ललितपुर र भक्तपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, राजविराज, दुधौली सिन्धुली, पोखरा, बुटवल, नेपालगञ्न र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम लिन र बुझाउन सकिने उल्लेख छ ।
१९ मंसिर देखि २३ पुससम्म दरखास्त फारम लिन र बुझाउन सक्ने प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीका लागि आवेदनका लागि सूचनाका लागि यहाँ क्लिक गर्नुहोस्

प्रहरी कार्यालय सहयोगीका लागि विशिष्टकृत कार्यक्षेत्र चयन फाराम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP