शनिबार , भाद्र १३, २०८३

दक्षिण अफ्रिकामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको छ । धेरै म्युटेसन भएको कोरोनाको नयाँ भाइरस पत्ता लागेको वैज्ञानिकले बताएका छन् ।

यो भाइरसमा नयाँ विविधता पाइएको उनीहरुले बताएका छन् । स्वास्थ्य मन्त्री जो फाहल्लाले अनुसार नयाँ स्वरूपको कोरोना भाइरस भेटिनु चिन्ताको विषय भएको बताउनुभएको छ। अफ्रिका महादेश भरमा सबैभन्दा धेरै महामारीबाट प्रभावितको सङ्ख्या दक्षिण अफ्रिकामा छ ।

विश्व स्वास्थ्य सङ्गठनले दक्षिण अफ्रिकाको अवस्थालाई मध्यनजर गर्दै त्यहाँका केही व्यक्तिहरुसँग बैठक बसेको छ । यसैबीच बेलायतले कोरोना सङ्क्रमण धेरै भएका विभिन्न ६ वटा देशलाई रातो सूचीमा राखेको छ । दक्षिण अफ्रिका, नामिबिया, जिम्बाबे, बोत्सवाना, लेसोथो र इस्वातिनीलाई प्रतिबन्ध लगाएको हो ।

ती देशहरुमा अस्थायी रुपमा उडानमा प्रतिबन्ध लगाएको हो । यस्तै गैर बेलायतका नागरिकलाई बेलायत जानबाट पनि अस्थायी रुपमा रोक लगाएको बीबीसीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP