आइतबार , बैसाख ७, २०८२

स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग खोप सहजीकरण बारे छलफल गर्नुभएको छ ।

बिहीबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्वास्थ्य सम्बन्धी अधिकारीहरुसँग उहाँले गाउँ तहसम्म सहज किसिमले खोप लगाउनेबारे योजना बनाउन निर्देशन दिनुभयो ।

मन्त्री खतिवडाले प्रमुख जिल्ला अधिकारीहरुले कोरोनाबिरुद्धको खोप लक्षित समुदायमा पु¥याउन स्थानीय रुपमा योजना बनाएर लागू गनुपर्ने बताउनुभएको हो । उहाँले प्रदेश र स्थानीय तहमा भण्डारण गरिएको कोरोनाबिरुद्धको खोपको मात्रा अपुग भए तत्काल केद्रिय सरकारसँग माग गर्न आग्रह गर्नुभयो ।

मन्त्री खतिवडाले जिल्लामा भएका स्वास्थ्य केन्द्रहरुलाई बार अनुसार नभइ नियमित खोप सञ्चालन गर्न निर्देशन दिनुभयो । उहाँले विभिन्न पार्टीले आयोजना गरिरहेका महाधिवेशन स्थलमा धेरै मानिस जम्मा हुने भएकोले उक्त स्थानमा गएर पनि खोप डेस्क सञ्चालन गरी जनतासमक्ष खोप पु¥याउन आग्रह गर्नुभयो ।

सरकारले अहिले १८ वर्षमाथिका कोरोनाको खोप लगाउन छुटेका सबैलाई खोप केन्द्रमा गई खोप लगाउन आह्वान गरेको छ । सरकारले आगामी चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाउने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP