मंगलबार , अषोज २७, २०८३

स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग खोप सहजीकरण बारे छलफल गर्नुभएको छ ।

बिहीबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्वास्थ्य सम्बन्धी अधिकारीहरुसँग उहाँले गाउँ तहसम्म सहज किसिमले खोप लगाउनेबारे योजना बनाउन निर्देशन दिनुभयो ।

मन्त्री खतिवडाले प्रमुख जिल्ला अधिकारीहरुले कोरोनाबिरुद्धको खोप लक्षित समुदायमा पु¥याउन स्थानीय रुपमा योजना बनाएर लागू गनुपर्ने बताउनुभएको हो । उहाँले प्रदेश र स्थानीय तहमा भण्डारण गरिएको कोरोनाबिरुद्धको खोपको मात्रा अपुग भए तत्काल केद्रिय सरकारसँग माग गर्न आग्रह गर्नुभयो ।

मन्त्री खतिवडाले जिल्लामा भएका स्वास्थ्य केन्द्रहरुलाई बार अनुसार नभइ नियमित खोप सञ्चालन गर्न निर्देशन दिनुभयो । उहाँले विभिन्न पार्टीले आयोजना गरिरहेका महाधिवेशन स्थलमा धेरै मानिस जम्मा हुने भएकोले उक्त स्थानमा गएर पनि खोप डेस्क सञ्चालन गरी जनतासमक्ष खोप पु¥याउन आग्रह गर्नुभयो ।

सरकारले अहिले १८ वर्षमाथिका कोरोनाको खोप लगाउन छुटेका सबैलाई खोप केन्द्रमा गई खोप लगाउन आह्वान गरेको छ । सरकारले आगामी चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाउने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP