नेपालमा कोरोनाभाइरस कोभिड १९ का ३ सय ८ संक्रमित थपिएका छन् ।
कुल ८ हजार ९ सय ९ नमूना परीक्षण गर्दा ३ सय ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गएको २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने २ सय ९८ जना डिस्चार्ज भएका छन् ।
हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय ४९ छ ।