मंगलबार , बैसाख २९, २०८३

नेपाली काँग्रेसको वडा देखि जिल्ला तहसम्मको अधिवेशनहरुमा सभापति शेरबहादुर देउवा पक्षभित्रै टकराव बढेको छ । कतिपय जिल्लाहरुमा देउवा पक्ष एक आपसमा जुधेका छन् । कतिपयमा इतर समूहले फाइदा लिएका छन् ।

कञ्चनपुरमा देउवा पक्षका नेताहरु एनपी साउद र रमेश लेखकबीच टकराव देखिएको छ । दुवैले एक अर्काका पक्षधरलाई हराउन खोज्दा जिल्ला सभापतिसम्म महाधिवेशन प्रतिनिधि बन्न असफल भएका छन् । कञ्चनपुरका काँग्रेस जिल्ला सभापति हरिप्रसाद बोहरा क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधिको चुनावमा पराजित भएका छन् । उनी ११औं नम्बरमा परेर खुलातर्फ पराजित भएका हुन् । बोहरा रमेश लेखक पक्षधर हुन् । साउदले अधिकांश आफू पक्षधर महाधिवेशन प्रतिनिधिलाई जिताउन सफल भएका छन् ।

केन्द्रमा दुवै देउवा पक्षधर भएपनि जिल्लामा एक अर्काका प्रतिद्वन्द्वी हुन् । लेखक देउवाका विश्वासपात्र मानिन्छन् ।

यसैगरी, ललितपुरमा देउवा पक्षधरबीच नै क्षेत्रहरुमा द्वन्द्व देखिएको छ । नेविसंघ पूर्व उपसभापति रामकृष्ण चित्रकार र तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतबीच टकराव देखिएको हो । यसको बढी असर क्षेत्र नम्बर २ र ३ मा परेको छ । चित्रकारको साथमा देउवा पक्षकै वर्तमान जिल्ला सभापति मदनबहादुर अमात्य छन् । तर, बस्नेतले अमात्यको क्षेत्रमा उनलाई कमजोर पारिदिएका छन् । जिल्ला सभापतिमा जितजङ्ग जितेन्द्रकुमार श्रेष्ठको पक्षमा खुलेका छन् । श्रेष्ठलाई उदय शमशेर राणाको समेत साथ छ । देउवा पक्षका नेताहरु एक आपसमा जुध्नुमा उनीहरुको बलियो पकड पनि कारण हो ।

यसैगरी, महामन्त्रीको दौडमा रहेका देउवा पक्षका नेताहरुबीच पनि टकराव बढ्दै गएको छ । महामन्त्रीको आकांक्षीमा गृहमन्त्री बालकृष्ण खाँड, केन्द्रीय सदस्यहरु एनपी साउदलगायत छन् । महामन्त्री पूर्णबहादुर खड्का यही पदमा दोहोरिने या उपसभापतिमा उक्लने तयारीमा छन् ।

देउवा पक्षका युवा नेताहरु पदाधिकारीका आकांक्षी छन् । उनीहरुको व्यवस्थापन कठिन छ । त्यसमाथि अर्को समूहबाट नेताहरु तानेर महत्वपूर्ण पदहरु दिनुपर्ने भएकाले पनि देउवालाई चुनौती बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP