मंगलबार , भाद्र १६, २०८३

“घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय नाराका साथ लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान बिहीबारदेखि संचालन गरिएको छ । ‘Orange the World-End Violence Against Women now’ भन्ने अन्तर्राष्ट्रिय नाराको आधारमा उक्त राष्ट्रिय नारा तय गरी उक्त अवधिभर कार्यक्रम संचालन गरिने भएको हो ।

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय अभियानको रुपमा विभिन्न कार्यक्रमहरु गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर मनाउने गरिएको सन्दर्भमा नेपाल सरकार मन्त्रीस्तरको २०७८ कात्तिक २३ गतेको निर्णय अनुसार यस वर्ष पनि उक्त अभियान संचालन गरिएको हो ।

अभियान संचालन गर्न आ-आफ्नोतर्फबाट साझा प्रतिबद्धता तथा ऐक्यबद्धता जनाउन गरिएको आह्वान सम्बन्धमा नेपाल प्रहरीबाट पनि यस अभियान प्रति ऐक्यबद्धताका लागि विभिन्न रचनात्मक एवम् सन्देशमूलक कार्यक्रमहरु संचालन गर्ने कार्यक्रम रहेको छ । हिंसा सहेर र हेरेर नबसौं, बेलैमा उजुरी गरौं भन्ने आह्वान साथ लैंगिक हिंसा सम्बन्धि कुनै उजुरी वा सूचना दिनुपरेमा नेपाल प्रहरीको १०० वा बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ नम्बरमा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP