शनिबार , जेठ ४, २०८२

“घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय नाराका साथ लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान बिहीबारदेखि संचालन गरिएको छ । ‘Orange the World-End Violence Against Women now’ भन्ने अन्तर्राष्ट्रिय नाराको आधारमा उक्त राष्ट्रिय नारा तय गरी उक्त अवधिभर कार्यक्रम संचालन गरिने भएको हो ।

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय अभियानको रुपमा विभिन्न कार्यक्रमहरु गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर मनाउने गरिएको सन्दर्भमा नेपाल सरकार मन्त्रीस्तरको २०७८ कात्तिक २३ गतेको निर्णय अनुसार यस वर्ष पनि उक्त अभियान संचालन गरिएको हो ।

अभियान संचालन गर्न आ-आफ्नोतर्फबाट साझा प्रतिबद्धता तथा ऐक्यबद्धता जनाउन गरिएको आह्वान सम्बन्धमा नेपाल प्रहरीबाट पनि यस अभियान प्रति ऐक्यबद्धताका लागि विभिन्न रचनात्मक एवम् सन्देशमूलक कार्यक्रमहरु संचालन गर्ने कार्यक्रम रहेको छ । हिंसा सहेर र हेरेर नबसौं, बेलैमा उजुरी गरौं भन्ने आह्वान साथ लैंगिक हिंसा सम्बन्धि कुनै उजुरी वा सूचना दिनुपरेमा नेपाल प्रहरीको १०० वा बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ नम्बरमा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP