शनिबार , जेठ ४, २०८२

संयुक्त राष्ट्र संघको महासभाले नेपालसहित तीन देशलाई अतिकम विकसित राष्ट्रको सूची (एलडीसी) बाट विकासोन्मुख मुलुकको रूपमा स्तरोन्‍नति गर्ने प्रस्ताव पारित गरेको छ ।

बुधबार बसेको ७६ औँ महासभाको ४० औँ पूर्ण बैठकले उक्त निर्णय गरेको हो । महासभाले नेपाल, बंगलादेश​ र लाओसलाई एलडीसी स्तरोन्नति गर्ने प्रस्ताव पारित गरेको हो ।

संयुक्त राष्ट्र संघका अध्यक्ष अब्दुल्लाह शाहिदले पनि नेपालसहित तीन देशलाई अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्‍नति गर्ने ऐतिहासिक प्रस्ताव पारित भएको जनाएका छन् ।

‘महत्वपूर्ण विकास प्रगति देखाउने बंगलादेश, नेपाल र लाओसको सरकार र जनतालाई बधाई छ,’ शाहिदले ट्विटरमा लेखेका छन् । संयुक्त राष्ट्र संघले गत फागुनमा नेपाललाई अतिकम विकसितबाट विकासोन्मुख मुलुकको रूपमा स्तरोन्‍नति गर्नका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP