मंगलबार , अषोज २७, २०८३

उनी स्वीडेनकी प्रथम प्रधानमन्त्री नियुक्त भइन् । तर, नियुक्तिको एक घन्टामै राजीनामा दिइन् ।

मागडालेना एन्डरसन बुधबार आफ्नो पार्टी सोसियल डेमोक्रयाटको नेता बन्दै प्रधानमन्त्री नियुक्त भएकी थिइन् । गठबन्धनको अर्को दल ग्रिन्स पार्टीले बजेट अस्वीकार गर्दै समर्थन फिर्ता लियो । बजेट पारित हुन नसकेपछि एन्डरसनले राजीनामा दिइन् ।

एन्डरसनले राजीनामा दिएपछि स्वीडेनमा नयाँ सरकार गठनको अर्को प्रक्रिया बढ्ने भएको छ ।

तर, स्वीडेनको प्रथम महिला प्रधानमन्त्री बन्दै एन्डरसनले इतिहास रचेकी छिन् । स्वीडेनमा महिलाले मताधिकार पाएको एक सय वर्षपछि पहिलोपटक महिला प्रधानमन्त्री बनिन् ।

५४ वर्षीया एन्डरसन पूर्व पौडी च्याम्पियन हुन् । उनी उपसला विश्वविद्यालयमा अध्ययन गरी सन् १९९६ मा राजनीतिमा आएकी हुन् । एन्डरसन सन् १९९६ मा स्वीडेनका प्रधानमन्त्री गोरान परसनको राजनीतिक सल्लाहकार थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 243 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP