मंगलबार , बैसाख २९, २०८३

मङ्सिर ९–२४ ९नोभेम्बर २५–डिसेम्बर १०० सम्म विश्वभर महिला हिंसाविरुद्ध विभिन्न जागरणमूूलक कार्यक्रम आयोजना गरी हिंसा अन्त्यका लागि आवाज बुलन्द गरिँदै आएको छ । यस सन्दर्भमा नेपालमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोगसहित महिला तथा किशोरीको क्षेत्रमा काम गर्ने थुपै्र सङ्घसंस्थाले बिहीबारदेखि १६ दिनसम्म हिंसाविरुद्ध विविध कार्यक्रम गर्दै छन् ।

नेपालले लैङ्गिक हिंसाविरुद्धको अभियानका लागि यस वर्ष ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नारा तय गरेको छ भने ‘अरेन्ज द वल्र्ड ः इन्ड भ्वाइलेन्स एगेन्स् वुमन नाउ’ भन्ने अन्तर्राष्ट्रिय नारा रहेको छ ।

सरकारले सामाजिक सचेतनासहित लैङ्गिक हिंसाविरुद्धको अभियान प्रभावकारी बनाउने उद्देश्यले सङ्घ, प्रदेश, जिल्ला समन्वय समिति, ७५३ स्थानीय तहदेखि वडास्तरीय, विद्यालय तहसम्म कार्यक्रम आयोजना गर्न आह्वानसमेत गरेको छ ।

अभियानको सन्दर्भमा १६ दिनसम्म देशभर लैङ्गिक हिंसा निवारणका असल अभ्यास, न्यायको पहुँच, महिलामाथि हिंसा हुने हानिकारक अभ्यास, कोभिड–१९ को असरलगायतका विषयमा अन्तरक्रिया गरिनेछ ।

साथै सन्देशमूूलक होर्डिङ बोर्ड, सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत सन्देश दिएर महिला हिंसाविरुद्ध जागरणमूलक कार्यक्रम आयोजना गरिने भएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP