मंगलबार , अषोज २७, २०८३

सेरिफ टिरासपोलमाथि सहज जीत हासिल गर्दै स्पेनिस महारथी रियल म्याड्रिड लगातार २५ औँ सिजन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियल ३-० गोलले विजयी भएको हो ।

खेलमा डेभिड अलाबाबले फ्रिकिकमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । हाफटाइम अघि टोनी क्रुसले रियलको अग्रता दोब्बर बनाए । दोस्रो हाफको सुरुवातमा नै करिम बेन्जेमाले अर्को गोल थप्दै रियलको जीत सुनिश्चित गरे । जीतसँगै रियल एक खेल बाँकी छँदै अन्तिम १६ मा प्रवेश गर्न सफल भयो ।

उता, समूह डी कै अर्को खेलमा इन्टर मिलानले शाख्तार डोनेस्कलाई २-० ले हराउँदै नकआउट चरणमा प्रवेश गरेको छ । इन्टरको जीतमा दुवै गोल एडिन जेकोले गरे । अब अन्तिम खेलमा रियल र इन्टर भिड्नेछन् । यो खेलले समूहको विजेता निर्णय गर्नेछ । ५ खेलपछि रियलको १२ अंक रहेको छ भने इन्टरको १० अंक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP