सोमबार , भाद्र १५, २०८३

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा हरि लम्साल विजयी भएका छन्। मंगलबारराति सम्पन्न क्षेत्रीय अधिवेशनबाट १६० मत अन्तरले पार्टीको संस्थापन इतर समूहका लम्साल विजयी भएका हुन्। लम्साल दोस्रो कार्यकाल पुनः सभापति बनेका हुन्।

सभापतिमा विजयी लम्सालले ४०२ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी काजीमान श्रेष्ठले २४२ मत प्राप्त गरेको प्रमुख मतदान अधिकृत टिकाराम शर्माले जानकारी दिए। त्यस्तैगरि सचिव पदमा संस्थापन समूहका उम्मेदवार प्रजापाल गिरी र संस्थापन इतर समूहबाट विमलराज भट्टराई निर्वाचित भएका छन्। सचिवमा निर्वाचित गिरीले ४२९ मत र भट्टराईले ३६८ मत प्राप्त गरे।

सहसचिव पदमा मिलन थापा (३५१) र राजबहादुर क्षेत्री (३४०) मतसहित विजयी भएका छन्। दुवै जना संस्थापन इतरका हुन्। महाधिवेशन प्रतिनिधिमा पनि मिश्रित परिणाम आएको छ।

यसअघि राती नै मतगणना हुँदै गर्दा महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घबहादुर केसीलाई देउवा समूहकाले आक्रमण गर्दा घाइते भएका थिए। मतगणना सकिनै लाग्दा आक्रमण भएपछि केहिबेर मतगणना रोकिएको थियो। राती पुनः मतगणना गरेपछि परिणाम सार्वजनिक भएको गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP