आइतबार , बैसाख ७, २०८२

आइसीसी टी २० महिला विश्वकपको एशिया छनोट अन्तर्गत नेपालले पहिलो जित निकालेको छ । पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको नेपालले तुलनात्मक रुपमा कमजोर टिम भुटानलाई ८ विकेटले हरायो ।

दुबई स्थित आइसीसी एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको भुटान २० ओभमा ६ विकेट गुमाउँदा मात्र ६१ रन बनाउन सक्यो ।

मध्यम सुरुवात गरेको भुटानले ३० रनमा पहिलो विकेट गुमाएको थियो । ३३ रन हुँदा दोस्रो विकेट खेर फालेको भुटानले ३८ रन बनाउँदा तेस्रो विकेट गुमायो । उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । स्कोरबोर्ड ५६ रन बनाउँदा उसको ६ विकेट गएको थियो ।

भुटानका लागि सोनम पाल्डोनले ११, नगवाङ छोडेनले १३ रन बनाउँदा डेचेन वाङ्मो दुई रनमा आउट भइन । यस्तै कप्तान एसे छोडेन नौ रनमा आउट भइन भने छिरिङ जांमो ६ रनमा पेभेलियन फर्किइन । यस्तै पेमा सेल्डोन मात्र एक रनमा आउट भइन ।

बलिङमा नेपालका लागि सिता रानामगरले तीन तथा करुणा भण्डारीले एक विकेट लिइन ।

जवाफमा नेपालले आठ ओभर तीन बलमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । राम्रो सुरुवात गरेको नेपालले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेको थियो ।

जसमा सिता रानामगर १७ रनमा पेभेलियन फर्किइन । त्यसपछि कप्तान रुविना क्षेत्री र इन्दु बर्माले नेपाललाई जितको नजिक पुर्याइन । जसमा रुविना १० रनमा रनआउट हँदा नेपालले ५६ रनमा दोस्रो विकेट गुमायो ।

नेपालको जितमा इन्दु बर्माले अविजित २६ रन बनाइन । अब नेपालले तेस्रो खेलमा विहिबार कुवेतसँग खेल्नेछ ।

आजै भएको अर्को खेलमा नेपाललाई हराएको हङकङ यूएईसँग पराजित भएपछि नेपालको ग्लोबल छनोटमा स्थान बनाउने संभावना कायमै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP