शुक्रबार , भाद्र १२, २०८३

गर्भवती हुनु एक महिला आमा बन्नु हो । यो प्रक्रिया जति रोमाञ्चकारी हुन्छ कहिलेकाँहि त्यो भन्दा धेरै जटिल पनि बन्छ । नौ महिनाको गर्भवस्थाको समय हरेक महिलाको लागि ज्यादै कष्टदायी हुन्छ तर यसपछि प्राप्त हुने सन्तानलाभले ती सबै कष्ठहरु भुलाई दिन्छ ।

पछिल्लो समय अस्पताल पुरयाएका अधिकांश महिलाहरु सामान्य सुत्केरी हुनुको सट्टा अप्रेसन गरी  सुत्केरी (सिजेरियन सेक्सन) हुने गरेको पाइन्छ । प्राकृतिक रुपमा हुनुपर्ने साधारण सुत्केरीलाई अप्रेसन गरी सम्पन्न गर्नुपर्ने अवस्था आउनुलाई चिकित्सकहरुले गर्भावस्तामा अपनाउनुपर्ने जीवनशैलीको कमी हो भनेर समेत भन्ने गरेका छन् । त्यसकारण प्राकृतिक रुपले सुत्केरी हुन गर्भवतीका लागि केही सुझावहरु छन् ।

१. तनाबबाट टाढै रहनुहोस् : 

तनाब बढ्नु गर्भवती महिलाका लागि राम्रो होइन् । किनकी चिन्तित मात्रै तुल्याउदैन कि गर्भवती अवस्थालाई जटिल बनाउन समेत मद्धत गर्छ । खासगरी तनावले गर्भवती महिलाको मात्रै नभई पेटमा हुर्कदै गरेको बच्चाको स्वास्थ्यमा समेत असर गर्छ । त्यसैले यति तपाईँ गर्भवती हुनुहुन्छ र तनाव महसुस भइरहेको छ भने तत्काल चिकित्सकको परामर्स लिनु हितकर हुनेछ ।

२. नियमित रुपले व्यायम गर्नुहोस् :

हुन त गर्भवती अवस्थामा महिलालाई आरामको एकदमै जरुरी छ भनेर भन्ने गरिन्छ । तर त्यो संग थोरै थोरै कसरतको पनि उत्तिकै आवश्यकता पर्दछ । कसरतले गर्भवती महिलालाई चुस्त बनाउछ भने दुखाई सहने क्षमता समेत बढाउछ । कसरतले जाँघको मासंपेशी मजबुत बनाउछ जो सुत्केरी हुने बेलामा दुखाईसंग लड्न तपाईँको मद्धत गर्छ । तथापी गर्भवस्थामा गरिने कसरले तपाईँको स्वास्थ्यमा सुधार ल्याउन सक्छ । तर कसरत गर्दा व्यायम प्रशिक्षक तपाईँको साथमा रहन जरुरी छ । कहिलेकाही गर्भावस्तामा गरिने सामान्य गल्तीले तपाईँको ज्यान खतरामा पर्न सक्छ ।

३. खानपानमा ध्यान दिनुहोस :

सामान्य रुपमा सहज सुत्केरी हुनका लागि गर्भअवस्थाका बेलाको खानपानमा पनि निर्भर हुन्छ । गर्भअवस्थाका बेला कतिपय महिलाहरु कमजोर हुन्छन् । त्यसका लागि चिकित्सकले आवश्यक औषधि पनि दिन्छन् । यदि तपाई सामान्य रुपमा सुत्केरी हुन चाहनुहुन्छ भने समयमै खाने र सही आहार खाने गर्नुपर्छ । खानामा हरियो सागसव्जी अण्डा दूध, फलफुल माछा मासु खानु राम्रो हुन्छ । साथै आवश्यक मात्रामा पानी समेत पिउनु राम्रो हुन्छ ।

४. प्रशस्त पानी पिउनुहोस् :

पानी तपाईँको लागि शरीरलाई स्फुर्ती गर्न मात्रै होइन कि सामान्य सुत्केरी बनाउन पनि मद्धत गर्छ । गर्भअवस्थाको बेलामा जति सकिन्छ पानी पिउनु राम्रो हुन्छ । नुहाउनका लागि तातो पानी प्रयोग गर्न राम्रो हुन्छ । तातो पानीले तपाईलाई गर्भअवस्थाका बेला हुने दुखाईबाट लड्नसक्ने शक्ति दिन्छ ।

५.धूमपान मध्यपानको सेवन नगर्नुहोस् :

धूमपान र मध्यपानले गर्भवती महिला र पेटमा हुर्कदै गरेको शिशुको स्वास्थ्यमा प्रतिकुल असर गर्छ । यसले रगतमा हुने आइरनको नास गरिदिन्छ ।आइरनको कमीले गर्दा कतिपय अवस्थामा गर्भवती महिलाहरु शारीरिक रुपमा कमजोर हुन सक्छन भने यसको असर बच्चाको विकास तथा उसको तौलमा समेत पर्नसक्छ । र यी सबैको असरका कारण सामान्य सुत्केरी हुन कठिनाई हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP