शनिबार , जेठ ४, २०८२

चीनको ताक्लाकोटबाट दुई वर्षदेखि खाद्यान्न तथा अन्य उपभोग्य वस्तु आयात बन्द भएपछि हिमालपारि लिमी गाउँका बासिन्दाले खाद्यान्न सङ्कट बेहोर्दै आएका छन् । गाउँमा खाद्य सङ्कट परेपछि नाम्खा गाउँपालिका–६, लिमीको जाङ गाउँका १७ जनाको समूूह पाँच हजार मिटर अग्लो न्यालु लेक नाघेर खाद्यान्न माग गर्न सदरमुकाम सिमकोट आइपुगेको छ । नाराको लेकमा तीन फिटसम्म जमेको हिउँ छिचोल्दै, हिउँमाथि नै बास बस्दै चार दिनको कठिन बाटो हिँडेर सो समूह सिमकोट आइपुगेको हो । जाङका नुर्ब तामाङले भने,
“कोरोनाको कारण देखाउँदै दुई वर्षदेखि छिमेकी मित्रराष्ट्र चीनको ताक्लाकोटबाट खाद्यवस्तु आयात बन्द छ । हामी भोकले मर्ने भयौँ । सरकार गुहार्न सिमकोट आएका हौँ ।”

एक वर्षदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्नसमेत पुग्न सकेको छैन । स्थानीय उत्पादनसमेत कम भएपछि लिमीवासीले चरम खाद्य सङ्कट बेहोरिरहेका छन् । व्यापार कम्पनीले ढुवानी गर्ने खाद्यान्न लिमीमा विरलै पुग्ने गथ्र्यो ।

लिमीका तीनगाउँ तिल, हल्जी र जाङका बासिन्दाका लागि छदेखि आठ महिना पुग्ने खाद्यान्न यसअघि ताक्लाकोटबाट व्यवस्था हुने गथ्र्यो । यसले गर्दा व्यापार कम्पनीको खाद्यान्नमा स्थानीयवासीको ध्यान जाँदैनथ्यो । ताक्लाकोटबाट आयात हुने खाद्यान्न बन्द भएपछि स्थानीयवासी यतिबेला खाद्यान्न अभावले छटपटिएका छन् । गत वर्ष कात्तिकमा चार सय क्विन्टल खाद्यान्न कम्पनीको सिमकोट शाखाबाट लगिएको थियो । त्यसको ढुवानी गाउँपालिकाले दिएको थियो । स्थानीय तामाङका अनुसार त्यसयता खाद्यान्न नपुगेका कारण गाउँमा खाद्य सङ्कट भएको हो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP