सोमबार , भाद्र १५, २०८३

नेकपा एमाले दसौँ महाधिवेशनको उद्घाटन सत्र सुरु हुन तीन दिन बाँकी छ। अन्य विभिन्न पदमा फाट्टफुट्ट रूपमा उम्मेदवारी घोषणा भएका छन् तर महासचिव पदका लागि औपचारिक रूपमा कोही आकांक्षी देखिएका छैनन्।

अध्यक्षमा केपी शर्मा ओलीलाई चुनौती दिनेगरी उपाध्यक्ष भीम रावलले उम्मेदवारी घोषणा गरिसकेका छन्। अध्यक्षपछिको महत्वपूर्ण कार्यकारी पद मानिने महासचिवमा आकांक्षीहरू देखिए पनि खुलेर कोही बोलेका छैनन्। महाधिवेशनमा सबै पदाधिकारी सर्वसम्मत हुने चर्चाले पनि नेताहरूले खुलेर उम्मेदवारी घोषणा गर्न सकेका छैनन्।

हालको एमाले संरचनामा उपमहासचिव रहेका विष्णु पौडेल र घनश्याम भुसाल यसको स्वाभाविक दाबेदार भए पनि भुसालले महासचिवमा खासै रुचि राखेको देखिन्न। यस अर्थमा एमाले–माओवादी एकीकरणपछि बनेको तत्कालीन नेकपामा महासचिव पद सम्हालेका पौडेल अहिले एमाले महासचिवका एक मात्र हकदार देखिएका छन्।

अन्य नेताहरूले पनि भित्रभित्रै महासचिव पदमा आफ्नो दाबी प्रस्तुत गरिरहेकाले पौडेलले सो पद सजिलै पाउने अवस्था देखिन्न। महासचिवका लागि औपचारिक रूपमा पौडेलले पनि उम्मेदवारी घोषणा गरिसकेका छैनन्। ‘अहिले नै यही पद नभनौं, साथीहरूसँग छलफल भइरहेको छ,’ पौडेलले भने। दसौं महाधिवेशनमा एमालेभित्र र बाहिर दुवैतिर उपमहासचिव पौडेललाई महासचिवको बलियो दाबेदारका रूपमा हेरिए पनि अन्य दाबेदारको चर्चा पनि उत्तिकै बढेको छ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP